आज :

भरतपुरको मतगणनामा लफडा, गणना स्थगित, सर्वदलीय बैठक जारी, मिडियालाई प्रवेश निषेध

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका लफडा भएको छ । गणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ ।

मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ।

अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।

मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

यता काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् ।

यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ । यसैबीच मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार ७४६१ मत गन्दा लामाले २२४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २०३७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका दिपक सिंहले २१३७ मत पाएका छन् ।

अहिले मतगणना जारी छ । उता मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् ।

थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । सोमबार थासाङ गाउँपालिकाको मतगणना सकिएको हो ।

थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन । प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए ।

उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal