आज :

भरतपुर ताजा अपडेट- जगन्नाथले ल्याए ४३० मत, रेनु र विजय कसको कति ?

काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले ४३० मत प्राप्त गरेका हुन् ।

यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् ।

यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् । यसैबीच भरतपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

यता ललितपुर महानगरमा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।

कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ । उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अघि छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन् । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित भएका छन् ।

कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् । अध्यक्ष रावल २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उनले १ हजार ८७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो । हुम्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal