आज :

देउवाको गृहनगरमा केछ काँग्रेस अवस्था ? यस्तो छ ताजा मतपरिणाम

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ । २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका छन् ।

यस्तै एमाले र नेपाली काँग्रेस (बिपी)का साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ पाएका छन् ।​ गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन् ।

यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर (प्रधान)ले १४९ मत मात्र पाएका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेद्वा अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्वार राजेश बानियाँ अगाडि छन् । २ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ मत ल्याएकी छिन् ।

यस्तै राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् । यस्तै कांग्रेसका बानियाँले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काˆलेले ८२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।

राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन् ।

यता  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् ।

एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणना सुरु भएको हो । गठबन्धनका दलहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal