आज :

बैतडीको सुर्नया, पुर्चाैडी र मेलौलीको ताजा मतपरिणाम सार्वजनिक, बिस्तृतमा हेर्नुहोस

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । ४७० मत गणना भइसक्दा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गरेका छन् ।

एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार मञ्जु बोहराले १५७ मत प्राप्त गरेकी छन् ।

राप्रपाका देव बहादुर चन्दले ९७ र माओवादी केन्द्रका दिलाराम भट्टले ७५ मत प्राप्त गरेका छन् । सुर्नयाको वडा नं. १ मा नेकपा एमाले विजयी भइसकेको छ ।

यस्तै बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवारले ११५, कांग्रेस उम्मेदवारले ८२ र माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् । वडा नं १ बाट मतगणना सुरु हुँदा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेस उम्मेदवारले ९४, एमाले उम्मेदवारले ९२ र माओवादी केन्द्रका उम्मेदवारले ६२ मत पाएका छन् । यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

उता सल्यानको दार्मा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडानम्बर १ को चार सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका रामचन्द्र केसीले २४९ मत ल्याएर अग्रता लिएका छन् ।

निर्वतमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रका उम्मेदवार निमबहादुर केसीले १८३ मत ल्याएका छन् । २०७४ को चुनावमा दार्माका सबै वडा माओवादीले जितेको थियो। यस्तै एमालेका गणेशमान सिंहले ४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार दलबहादुर केसीले ३ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उषा हमाल चन्दले २२०, माओवादीकी जुना मल्ल चन्दले १८८, एमालेकी पुतला खड्का रोकायले ६८ र स्वतन्त्र उम्मेदवार मदन चन्दले ३ मत ल्याएका छन् ।

वडानम्बर १ को वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर वली २२१ मतका साथ विजयी भएका छन् । माओवादीका टंकबहादुर वलीले २०२ मत ल्याएका छन् । एमालेका बलबहादुर ओलीले ४८ र स्वतन्त्रका सुरेश चन्दले ३ मत ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal