आज :

हाम्रो सौर्यमण्डलमा रहेको विशाल ‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

एजेन्सी । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल मिल्की-वे ग्यालेक्सी (आकाशगंगा) मा रहेको ‘ब्ल्याक होल’ को तस्बिर खिचेका छन्।

मिल्की-वे ग्यालेक्सीमा रहेको यो ब्ल्याक होलको तस्बिर खगोलशास्त्रीहरूले पहिलो पटक खिच्न सफल भएको बिबिसीले जनाएको छ।

वर्षौंदेखि रहस्यमा रहँदै आएको ब्ल्याक होलको पहिलो तस्बिर भने तीन वर्षअघि पहिलो पटक सार्वजनिक भएको थियो। अहिले वैज्ञानिकहरूले मिल्की-वे ग्यालेक्सीमा रहेको ब्ल्याक होलको तस्बिर पनि खिच्न सफल भएका हुन्।

यो विशाल ब्ल्याक होल मिल्की-वेको मध्य भागमा रहेको वैज्ञानिकहरूले बताएका छन्। यसलाई वैज्ञानिकहरूले ‘साजिटेरियस ए*’ नाम दिएका छन्। यसको आकार बुध ग्रहको कक्ष बराबर भएको अनुमान छ अर्थात् झन्डै ६ करोड किलोमिटर।

अनन्त अन्तरिक्षमा रहेका ब्ल्याक होलमाथि कयौं वर्षदेखि अनुसन्धान हुँदै आएको छ। वैज्ञानिकहरूले ‘दैत्य’ भन्दै आएका ब्ल्याक होलले सम्पूर्ण ऊर्जा आफूतिर खिच्छ भन्ने मानिन्छ। ब्ल्याक होलमा भएको अत्यधिक गुरूत्वाकर्षणका कारण यसले आफूमा सबै कुरा खिच्ने वैज्ञानिकहरूको भनाइ छ।

अहिले तस्बिर खिचिएको ब्ल्याक होल हाम्रो सौर्यमण्डलभन्दा धेरै धेरै पर रहेको वैज्ञानिकहरूले बताएका छन्। त्यसैले यसबाट कुनै खतरा नभएको पनि उनीहरूको भनाइ छ।

अध्येताहरूका अनुसार ब्ल्याक होल दुई प्रकारका हुन्छन्- साना र ठूला। साना थरीका सूर्यभन्दा ३ देखि १५ गुणा ठूला तारा मरेर बन्छन् भने ठूला किसिमका ब्ल्याक होलको उत्पत्तिको रहस्य अझै सुल्झेको छैन। ठूला ब्ल्याक होल सूर्यको तौलभन्दा लाखौं गुणा ठूला हुन्छन्।

पृथ्वी रहेको आकाशगंगामा मात्र १० करोड ब्ल्याकहोल भएको वैज्ञानिकहरूको अनुमान छ। तर, हामी नजिकै कुनै पनि छैनन्।

ब्ल्याक होल यस्तो शक्ति हो जसले आफूमा आएको प्रकाश बाहिर जान दिँदैन। त्यसैले यो देख्न पनि सकिँदैन। उज्यालो ब्रह्माण्डबीच यो कालो देखिन्छ। ठूलो प्वाल जस्तो देखिने भएकोले यसलाई ब्ल्याक होल नाम दिइएको हो।

तस्बिरमा ब्ल्याक होलको वरिपरि आगोको लप्का उठिरहेझैं देखिन्छ। बीचमा भने आँखाको नानी जस्तो कालो गोलाकार भाग छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal