आज :

यसकारण तारा एयरमाथि कारवाही सुरु

जुम्ला । विकट तथा दुर्गम जिल्लाहरुको अतिआवश्यक र अनिवार्य यातायातको साधनकारुपमा रहदै आएको हवाई यातायत अझै पनि आम जनताको निम्ति कठिन नै बनेको छ, मंगलबार विहान काठमाडौंबाट नेपालगञ्ज पुगेका जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले टिकट काटेपनि तारा एयरले छाडेर गएको छ ।

महत जस्ता हजारौं कर्णालीका यत्रुहरुले शास्ति खेपेको भने नौलो हाईन, कहिले अत्याधिक भाडा असुल्ने, कहिले कृतिम संकट सृजना गरेर यात्रुलाई दुःख दिने कार्य तारायरले गर्दै आएको छ । मंगलबार यात्रु महत नेपालगञ्ज हुँदै जुम्ला जान इ टिकट काटेर पूर्वनिर्धारित समयको लागि एयरपोर्ट पुगेको बताउँदै भने, ‘टिकटमा एक बजेको समय दिएको छ तर अगाबै जहाज उडाएर मलाई छुटाइयोे ।’

त्यस लगत्तै उनले बाँके जिल्ला प्रसाशन कार्यलयमा कारबाहीको लागि उजुरी दिएपछि तारा एयरमाथि कारबाहीको सिफारिस अघिबढेको छ । जिल्ला प्रशासन कार्यालयले तारा एयरलाई कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको छ ।
महतले आफू काठमाडौंबाट नेपालगञ्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोर्डिङ पाससमेत पाइसकेपछि छुटाएको भन्दै जाँचबुझ गर्न माग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal