आज :

तेस्रो विश्वयुद्धको चर्चासँगै उत्तरकोरियाले जापानतिर ब्यालेष्टिक मिसाइल प्रहार गर्यो

  • अनलाइन डबली

काठमाडौं । युक्रेन विवादपछि यतिबेला तेस्रो विश्वयुद्धको चर्चा चलिरहेको छ । रुसले युक्रनमाथि विशेष सैन्य कारवाही थालेको ७३ दिन भइसकेको छ । रुसले मारियोपोल, खार्किभलगायतका केही शहर नियन्त्रणमा लिइसकेको छ भने अन्य भूभागमा पनि लडाइँ जारी छ ।

युक्रेनलाई अमेरिका र उसका सहयोगी देशहरुले खुला रुपमा हतियार र अघोषित रुपमा सेना पठाइरहेका छन् । मारियोपोलमा अमेरिकी र बेलायती सैनिक लडिरहेको अवस्थामा रुसी सेनाले नियन्त्रणमा लिएको थियो । तर उनीहरुले आफूहरु भोलेयन्टिरको रुपमा युक्रेनको पक्षमा लडेको बताएका थिए । रुसले भने अमेरिका र नेटो देशहरुले आफूविरुद्ध लड्न अघोषित रुपमै सेना पठाएको आरोप लगाउँदै आएको छ ।

एकातिर रुस अर्कोतिर नेटो देशहरु भइरहेका छन् । रुसले आफू कुनै बेला आणविक शक्ति प्रयोग गर्न सक्ने चेतावनी दिइरहँदा विश्वयुद्धको खतरा रहेको विश्लेषण हुन थालेको हो ।

यसैबीच उत्तर कोरियाले विश्वयुद्धमा आफू पनि सहभागी हुने संकेतको रुपमा पछिल्ला दिनहरुमा आणविक हतियार विकासलाई तिब्रता दिइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उत्तर कोरियाले पछिल्ला केही दिनमा यता हप्तामा दुई नभए एउटासम्म क्षेप्यास्त्र परीक्षण गरिहरेको छ ।

केही दिन पहिले मात्रै हाइपरसोनिक मिसाइल सफल परीक्षण गरेर अमेरिकासम्म सजिलै मार हान्न सकिने बताएको थियो । राडरले समेत चाल नपाउने उक्त क्षेप्यास्त्र शक्तिशाली मानिएको अमेरिकासँग भएको हाइपरसोनिक मिसाइल भन्दा पनि बढी क्षमताको भएको बताइएको छ ।

यसैक्रममा शनिबार उत्तर कोरियाले फेरि जापानतर्फ ब्यालेस्टिक मिसाईल प्रहार गरेको छ । जापानी संचार माध्यमहरुका अनुसार दिउँसो २ बजेर १५ मिनेटमा उत्तर कोरियाको भूमीबाट ब्यालेस्टिक मिसाईल प्रहार भएको थियो । उक्त मिसाईलले जापानी भूमिमा क्षति भयो वा जापानी सागरमा खस्यो भन्नेबारे अहिलेसम्म दुबै देशले  केही बताएका छैनन् ।

जापान कोस्ट गार्डले दिउँसो २ बजेर ११ मिनेटको समयमै “उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको” रक्षा मन्त्रालयले जानकारी गराएको थियो । कोस्ट गार्डले ट्रान्जिटमा जहाजहरूलाई भविष्यको जानकारीको बारेमा सचेत हुन आह्वान जापान कोस्ट गार्डले दिउँसो २ः११ बजे उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको जानकारी दिएपछि रक्षा मन्त्रालयले सम्पर्क गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal