काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग जिम्बावे ‘ए’ पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाली टोलीले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।
नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनाएको थियो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए ।
त्यसैगरी ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० जोडे । नेपालका सोमपाल कामी र करण केसीले ३र३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ । दुई टोलीबीचको सिरिज सोमबार हुनेछ ।