आज :

मारियोपोलस्थित स्टील उद्योगको बंकरभित्र रुसी सेना पस्यो, ९ मे मा युक्रेनमा रुसी सेनाको परेड

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको आज ७२ औं दिन पुगेको छ । रुसी सेनाले धेरै क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ । अहिले पनि खार्किभ, मारियोपोल, डोनबास, लुहान्स्कलगायतका क्षेत्रमा अहिले पनि रुसी सेनाले हमला जारी राखेको छ ।
युक्रेनीले पनि अमेरिका र नेटो देशहरुले दिएको हतियारबाट प्रतिवाद गरिरहेको छ । युक्रेनको मुटुको रुपमा रहेको मारियोपोल शहरका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा छ तर स्टील उद्योगको बंकरभित्र युक्रेनी सेनाको केही जत्था रहेका छन् ।

रुसी सेनाले स्टील उद्योगमा निर्णयक हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । केही दिनदेखि त्यहाँ फसेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा उद्धार गर्न रुस तयार भएको थियो । सर्वसाधारण र केही घाइते युक्रेनी सेनालाई बंकरबाट बाहिर निकालिएको थियो । तर, उद्योगभित्र रहेका बंकरलाई रुसी सेनाले पूर्णरुपमा नियन्त्रणमा लिन सकेको थिएन ।

युक्रेनी सेनाले सर्वसाधारण पनि सँगै राखेका कारण रुसी सेना आफूले ठूलो स्तरको हमला गर्न नसकेको बताउँदै आएको थियो । केही दिन पहिलेदेखि उक्त स्टील उद्योगमा रहेका युक्रेनी सेनालाई रुसले आत्मसमर्पण गर्न समय सीमा दिएको थियो । ठूलो संख्यमा युक्रेनी सेनाले आत्मसमर्पण गरेपनि सानो डफ्फा त्यही रहेको बताइएको छ ।

घाइते सैनिक र सर्वसाधारणलाई बाहिर निकालेको केही समयभित्र सबै युक्रेनी सेनालाई हतियार छोडेर बाहिर निस्कन रुसले भनेको थियो । त्यो नमान्ने युक्रेनी सेनाले बताएपछि निर्णयक हमला गरेको बताइएको छ । अब रुसी सेनाले मारियोपोल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिने बताइएको छ ।

त्यसैगरी रुसी सेनाले अर्को शहर खार्किभमा पनि हमलालाई तेज बनाएको छ । रुसी सेनाले पूर्वी क्षेत्रका लुहान्स्क, डोनबासलगायतका क्षेत्रमा पनि हमला तेज बनाएको छ । लुहान्स्कमा अहिलेसम्मकै ठूलो क्षति पुगेको छ । रुसी सेनाले ट्यांकबाट हमला गरेको थियो । युक्रेनी सेनाको भागदौड भएको छ । ९ मे मा रुसले मारियोपोललाई आफ्नो नियन्त्रणमा लिने बताइएको छ । यदि ९ मेमा पनि मारियोपोल नियन्त्रणमा लिन नसके रुसले पूर्ण रुपको यु द्ध घोषणा गर्नेछ । अहिलेसम्म रुसले आफूले सैन्य कारवाही मात्रै गरेको बताउँदै यु द्ध कस्तो हुन्छ देखाउन बाँकी रहेको रुसले बताउँदै आएको छ ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार छोडेर हात उठाउँदै बाहिर निस्किए युक्रेनी सेनालाई सुरक्षित स्थानमा जान दिने बताएका छन् । आफ्नो सेना बंकरमा भित्र पसे लगत्तै पुटिनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal