आज :

लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्यो, भिल्लारियल ३्-२ गोल अन्तरमा पराजित 

  • अनलाइन डबली

काठमाडौं । भिल्लारियललाई पराजित गर्दै लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा भिल्लारियल ३–२ गोल अन्तरले पराजित भएको थियो । योसँगै लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा भिल्ला रियलले २–० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । लिभरपुलले खेलको ६२औं, ६७औं र ७४औं मिनेटमा गोल गरेको थियो ।

लिभरपुलको जितमा फाबिन्हो, लुइस डियाज र साडियो मानेले एक एक गोल गरेका थिए । यसअघि भिल्ला रियलका लागि बोउलाए डिया र फ्रान्सिस कोक्वेनले एक एक गोल गरेका थिए ।

यसअघि ६ पटक उपाधि जितेको लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । त्यसअघि २०१८ मा फाइनलमा पुगेर पराजित भएको थियो । अब लिभरपुलले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal