काठमाडौं । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाहीलाई लिएर अमेरिका र उसका सहयोगी देशहरुले आर्थिक नाकाबन्द लगाएका छन् । अमेरिका, बेलायत लगायतका देशहरुले रुसमाथि नाकाबन्दी गरेका छन् । उनीहरुले आफ्नो बैंकिङ प्रणालीबाट रुसी मुद्रालाई अलग गरेका छन् । तर रुसी रुबलको ३२ बर्षमा सबैभन्दा महंगो भएको छ ।
रुसले युरोपलगायतका देशहरुसँग रुबलमा मात्रै कारोबार गरेपछि डलरको तुलनामा रुबल बलियो भएको छ । युक्रेन घटनालाई लिएर रुसको आर्थतन्त्र संकटमा पुर्याउने अमेरिकी योजना सफल नहुने भएको छ । रुसमाथि लगाएको आर्थिक नाकाबन्दी उल्टो अब अमेरीकी अर्थतन्त्रको पतनको कारण बन्न थालेको विश्लेषक तथा लेखक भरत दाहाल बताउँछन् ।
रुसमाथि आर्थिक प्रतिबन्ध लगाएर टाट उल्टाईदिने सपनामा रहेका पश्चिमा देशहरु गहिरो आर्थिक संकटमा फस्न थालेको दाहालको विश्लेषण छ । रुसले आफ्नो ब्यापारिक कारोबार डलरमा नगरेर रुबलमा मात्र गर्ने घोषणा गरेपछि रुबलको बजार विगत ३२ बर्षको इतिहासमा सबैभन्दा बलियो भएको छ। युक्रेन घटनापछि डलर सटहिमा १३४ भन्दा बढि रहेको रुबल आज ३ मईमा ७०.६ भएको छ।
डलर र रुबलको विवादमा युरोपियन यूनियन दुई फ्याक भएको छ। जर्मनी, हंगेरी लयागतका १० वटा ईयू सदस्यहरुले रुबलमैं कारोबार गर्ने भएका छन्। अहिले अमेरीका खस्कँदो डलर, मुद्रास्फिति, महंगी र युद्ध निर्यात् गर्ने नाममा खर्चको मारमा परिरहेको छ। रुसले युक्रेनमा सैन्य अपरेसन सुरु गरेपछि रुसका विरुद्धमा अगाडि बढाईएको सबै रणनीति असफल भएको छ। यो रणनीतिबाट न रुसको टाट पल्टियो, न त युक्रेनको पूर्वी भाग नै जोगियो।
यसैबीच रुसी सेनाले नियन्त्रणमा लिएको मारियोपोलको स्टिल उद्योगमा फसेका सैनिक र नागरिकलाई उद्दार गरिएको छ । बंकरमा लुकेका सर्वसाधारण र घाइते सैनिकलाई उद्दार गर्न रुस तयार भएको थियो । उनीहरुले संयुक्त राष्ट्रसंघ र रेडक्रसको अनुगमनमा सुरक्षित ठाउँमा पुर्याइएको छ ।
रुसले नियन्त्रणमा लिइसकेको घोषणा गरेको मारियोपोलको उक्त बंकरमा युक्रेनको सानो फौजले प्रतिराेध गररेको बताइएको छ । सर्वसाधरण भएकोले उनीहरुलाई नियन्त्रण लिन अन्तिम कारवाही गर्न रुसले नसकेको रुसी संचारमाध्यमहरुले जनाएका छन् । मारियोपोलबाट पूर्वको सम्पूर्ण भूभाग रुसको नियन्त्रणमा आउन अब धेरै समय नलाग्ने अनुमान गरिएको छ ।