काठमाडौँ । रुसी सेनाले युक्रेनमाथि थालिएको सैन्य कारवाहीको अन्तिम तयारी थालेको बताइएको छ । मे ९ भित्र रुसी सेनाले युक्रेनमाथि विजयको झण्डा गाड्ने गरी हमलाको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । रुसी सेनाले राजधानी किभमा पनि हमला तेज बनाएको छ । रणनीतिक महत्वको शहर मारियोपोल पनि रुसी सेनाले नियन्त्रणमा लिइसकेको छ । लुहान्स्क, दोन्स्क, डोनबासलगायतका क्षेत्रमा रुसी सेनाले हमला बढाएको बीबीसीले जनाएको छ ।
नेटोले अवरोध गर्न खोजेपछि अहिले ब्ल्याक सीमा रुसी सेनाले विशेष फोर्ससहित सैन्य तैनाथ गरेको छ । युद्धपोत तथा सममरिनबाट रुसी सेनाले मिसाइल हमला गरिरहेको भिडियो सार्वजनिक गरेको छ । ब्ल्याक सीमा संग्रामको केन्द्र बन्ने सम्भावना रहेको बताइएको छ । रुसी सेनाले ब्ल्याक सीमा समरिनमा शक्तिशाली मानिएको क्यालिभर मिसाइल लोड गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।
ब्ल्याक सी रुसको अंगको रुपमा रहेपनि नेटोले त्यसमा पटक पटक अवरोध पुर्याउने खोज्दै आएको छ । युक्रेनमाथि सैन्य कारवाही थालेपछि नेटोले ब्ल्याक सीमा उपस्थिति जनाएपछि रुस आक्रोसित बनेको छ । रुसले आफ्नै शक्ति ब्ल्याक सीमा उतारेको छ । उक्त क्षेत्रमा नेटो अगाडि बढे हमला गर्नेगरी रुसी सेना तयारी अवस्थामा रहेको बताइएको छ । दोस्रो विश्वयुद्धमा जर्मनीलाई हराएको सम्झनामा उत्सव मनाउने दिन नजिकिँदै गर्दा रुसले हमला तेज बनाएको बताइएको छ ।
रुसले प्रहार गरेको क्षेप्यास्त्र हमलाले ओडेसाको विमानस्थल पूरै काम नलाग्ने भएको छ । लुहान्स्क क्षेत्रका प्रमुखले रुसले मे नौ तारिख लक्षित गर्दै शक्तिशाली हमलाको तयारी गरिरहेको जनाएका थिए ।
यसैबीच रुसको नियन्त्रणमा गइसकेको मारियोपोलमा फसेका सर्वसाधारणलाई बाहिर निकालिएको छ । मारियोपोलस्थित स्टील उद्योगमा युक्रेनी सेनाले मानव ढाल बनाएका करिब ५० जनालाई बाहिर निकालिएको हो । युक्रेनी सेनाले रुसले फसेकाहरुलाई बाहिर निकाल्न पटक पटक युद्धविराम गर्दा पनि निस्कन दिएको थिएन ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्टील औद्योगिक क्षेत्रमा सानो समूहले अझै प्रतिरोध गरिहरेको छ । सोभियत सेनाले जर्मनसँग लड्न बनाएको सुरुङभित्र लुकेका युक्रेनी फौजको सानो संख्याले अझै प्रतिरोध गरिरहेका छ भने पूरै सहर रुसी सेनाको नियन्त्रणमा छ ।
फसेकाहरुलाई बाहिर निस्कन रुसले युद्धविराम गरेका छ । तर, युक्रेनी फौजले बाहिर निस्कन दिएका छैनन् । रुसी सञ्चारमाध्यमका अनुसार यसको बाबजुद शनिवार उक्त औद्योगिक क्षेत्रबा २५ जना गैरसैनिकहरू बाहिरिन सफल भएका छन् । जसमध्ये १४ वर्षभन्दा मुनिका छ जना बालबालिका छन् । मारियोपोलका मेयर भडीम बोइचेन्कोले आफूहरु जीवन र मृत्युको दोसाँधपूर्ण अवस्थामा रहेको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । उनले आफूहरुसँग जीवन रक्षा गर्न कति दिन वा घण्टा छ भन्न गाह्रो भएको बताएका छन् ।
मारियोपोल नियन्त्रणमा लिँदा युक्रेनको सम्पूर्ण तटीय क्षेत्र रुसको नियन्त्रणमा आउछ । युक्रेनको सम्पूर्ण तटीय क्षेत्र रुसको नियन्त्रणमा आइसकेको बताइएको छ । उक्त कदमले पूर्वी युक्रेनमा रहेका रुस समर्थक पृथकतावादी क्षेत्रहरू जस्तै दोनेत्स्क र लुहान्स्कलाई सन् २०१४ मा रुसमा गाभिएको क्राइमियासँग एकताबद्ध गराउन सकिने छ भने युक्रेनको मल्डोभासँगको पश्चिमी सीमामा अवस्थित रुस पक्षधर ट्रान्जनिस्ट्रिया क्षेत्रसम्म पनि पहुँच वृद्धि गराउँछ ।