आज :

राष्ट्र संघका महासचिव युक्रेनको राजधानी भएकै बेला रुसी सेनाको क्षेप्यास्त्र हमला, भागाभाग भयो

  • अनलाइन डबली

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन् । गुटेरस युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न किभमा भेट गरिरहेको बेला उक्त हमला भएको बीबीसीले जनाएको छ ।
किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताए । घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए । हमलाबाट स्थानीय र युक्रेनी सेनाको भागदौड मच्चिएको थियो ।

पश्चिमा नेताहरु किभ पुगेर जेलेन्स्कीलाई उचालेको भन्दै रुसले कडा चेतावनी दिइरहेको बेला राष्ट्र संघका महासचिव युक्रेन भ्रमण निस्किएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सहयोग गर्नेमाथि जस्तोसुकै परिस्थिति आउन सक्ने चेतावनी दिएका थिए ।

घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले किभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने बताएका छन् । उनले यसबारे विश्व समुदायले पनि बोल्न आग्रह गरे ।

राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरेका छन् । उनले आफूलाई ठूलो खिन्नता, निराशा भएको बताएका छन् । उनले भने, “म प्रस्ट भन्न चाहन्छु आफ्नो सामर्थ्यका हिसाबले (त्यो) यो युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रह्यो ।”

गुटेरसले संयुक्त राष्ट्रसङ्घले घेराबन्दीमा परेको मारियोपोल शहरमा फसेका गैरसैनिकहरूको उद्धार सुनिश्चित गर्न राष्ट्रसङ्घले हर सम्भव प्रयास गर्ने बताए । उनले गम्भीर छलफलहरू चलिरहेको भन्दै उद्धारको सम्भावनालाई कमजोर बनाउनसक्ने जोखिमका कारण विस्तृत विवरण दिन असमर्थ रहेको उल्लेख गरे ।

राष्ट्रसङ्घका महासचिवसँगै बोलेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गुटेरसलाई युक्रेनी गैरसैनिकहरूलाई रुसमा निर्वासनमा पठाइने अवस्था अन्त्य गर्न माग गरेका थिए ।

किएभको उत्तर पश्चिममा रहेको बोरोड्यान्कामा अवस्थित गोलाबारीले ध्वस्त भवनबाहिर उभिएर पनि गुटेरसले आफ्ना धारणा राखेका थिए । रुसले किएभले एजोभस्टाल उद्योग परिसरमा रहेका अन्तिम युक्रेनी रक्षक र गैरसैनिकहरूको उद्धारका लागि किएभबाट गरिएका अनुरोधलाई अस्वीकार गर्दै आएको छ । तर राष्ट्रसङ्घका महासचिवले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उक्त शहरबाट गैरसैनिकलाई उद्धार गर्न दिन सैद्धान्तिक रूपमा सहमत रहेको दाबी गरे ।

आज रुसी सेनाले युक्रेनमा सैन्य कारवाही सुरु गरेको ६५ दिन पुगेको छ । अहिलेसम्म आइपुग्दा युक्रेनका मुख्य शहर मारियोपोललगायतका धेरै क्षेत्रलाई रुसी सेनाले नियन्त्रणमा लिइसकेको थियो । मारियोपोललाई नियन्त्रणमा लिएपछि पूर्वी क्षेत्रका डोनबासलगायतका क्षेत्रमा रुसले निसाना बनाएको छ । लुहान्समा रुसी सेनाले हमला तेज पारेको पश्चिमा संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal