आज :

युक्रेनको मुख्य शहर मारियोपोल रुसी सेनले कब्जामा लियो, जेलेन्स्कीको ढुकढुकी बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेना युक्रेनको सैन्य कारवाही थालेको ५७ दिनपछि मारियोपोल शहर कब्जामा लिएको छ । युक्रेनको मुख्य शहर मारियोपोल कब्जामा लिएको छ । रुसले मारियोपोलमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न समय सीमा दिएको थियो ।

उक्त सयम सीमा भित्र स्टील कम्पनीको बंकरमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरेपछि रुसले पूरै शहर कब्जमा लिएको घोषणा गरेको हो । युक्रेनी सैन्य कारवाहीको कमाण्ड गरेका कमाण्डरले मारियोपोल शहर पूर्ण रुपमा नियन्त्रणमा लिएको जानकारी गराएको रुसी संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले मारियोपोल कब्जामा लिएको पुष्टि गरेका छन् ।

मारियोपोल शहर युक्रेनको मुख्य शहर हो । यूरोपको सबैभन्दा ठूलो स्टील कम्पनी पनि मारियोपोलमै छ । समुन्द्री बन्दरगाहसँग जोडिएको यही शहरबाट हुँदै युक्रेनले आयत र निर्यत गर्दै आएको छ । यहाँबाट रुससँग गाभिएको क्राइमिया, डोनबास, लुहान्सलगायतका पूर्वी क्षेत्रमा सँग जोडिन्छ । रुसले पूर्वी युक्रेनमा जानलाई मारियोपोल नियन्त्रणमा लिनु अनिवार्य जस्तै भएको बताइएको छ ।

मारियोपोलको महत्वलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियोपोल युक्रेनीको मुटु भएको भन्दै यो गुमेपछि ढककन नै रोकिने बताएका थिए । जेलेन्स्कीले यो कुरा गरेर पश्चिमा देशबाट हतियार माग्ने र मोरियोपोलबासीलाई रुसी सेनासँग प्रतिरोध गर्न भिडियो सन्देशमार्फत भनेका थिए । तर, नभन्दै रुसी सेनाले मारियोपोल कब्जामा लिएको छ । युद्धमैदानमा रहेका रुसी सैनिकहरुले मारियोपोल कब्जामा लिएको खुशीयाली मनाइरहेको भिडियो भारतीय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

मारियोपोल बन्दगाहसँग जोडिएकाले पनि युक्रेनले अन्तिमसम्म लडेको थियो भने रुसी सेनाले पनि घेराबन्दी गर्दै मारियोपोलमाथि भिषण हमला गरेको थियो । रुसले अन्य शहरभन्दा सेना पनि मारियोपोलमा बढी नै पठाएको थियो । यससँगै रुसले आफूले पूर्वी युक्रेनमा पूर्ण नियन्त्रण चाहेको बताएको छ । मारियोपोलमा १ हजार युक्रेनी सेनाले एकै पटक आत्मसमर्पण गरेका थिए । दोस्रो विश्वयुद्धको बेला तत्कालिन सोभियत सेनाले मारियोपोलमा बनाएको सुरुङमा लुकेर अहिलेसम्म युक्रेनी सेनाले प्रतिरोध गरिहेको थियो । बंकरमा स्थानीय नागरिकलाई सँगै लिएको कारण रुसी सेनाले ठूलो मानवीय क्षति नगरेरै मारियोपोल कब्जामा लिन चाहेकोले युद्ध लम्बिएको थियो ।

दुई दिन पहिले मात्रै रुसले १८ हजार किलोमिटर टाढासम्म आरणविक ब म खसाल्न सक्ने अन्तरदेशीय ब्यालेष्टिक मिसाइल सफल परीक्षण गरेको थियो । यसले अमेरिकासहित विश्वका कुनै देशमा सजिलै हमला गर्न सक्ने बताइएको छ । यो क्षेप्यास्त्रको परीक्षणसँगै रुसले आफ्नो विरुद्धमा उभिनेहरुले दश पटक आफ्नोबारेमा सोच्नुपर्ने चेतावनी दिएको थियो । राष्ट्रपनि पुटिनले क्षेप्यास्त्र परीक्षणपछि बोल्दै सो चेतावनी दिएका दिएका थिए ।

रुसी सेनाले राजधानी किभ, खार्किभलगायतका ठूला शहरमा हमला जारी राखेको छ । मे ९ भन्दा पहिले नै रुसले युक्रेन कब्जामा लिने योजना बनाएको बताइएको छ । रुसले दोस्रो विश्वयुद्धमा जर्मनलाई हराएको सम्झनामा मे ९ राष्ट्रिय दिवस मनाउँदै आएको छ । यसमा रुसले आफ्नो शक्ति प्रदर्शन गर्नुको साथै भावि योजना पनि बनाउने गरेको छ । मे ९ भन्दा पहिले नै रुसले युक्रेनमा विजयका झण्डा फराउने छ ।

मारियोपोल आफ्नो मुटु भएको बताएका राष्ट्रपति जेलेन्स्कीले कब्जाको सन्देश पाएसँगै तनावमा रहेको बताइएको छ । मारियोपोल गुमे आफ्नो धडकन रोकिने बताएका थिए जेलेन्सकीले । त्यसैले केही भारतीय संचारमाध्ममहरुले जेलेन्स्कीको ढुकढुकी बढेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal