आज :

युक्रेनी सेना भटाभट आत्मसमर्पण गर्दै, घाइतेको उपचार र खाना खुवाउँदै रुसी सेना

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरिरहेका छन् । रुसी सेनाले हतियार बिसाएर हात उठाउन गरेको आग्रहलाई स्वीकार गर्दै युक्रेनी सेनाले मारियोपोलमा आत्मसमर्पण गरिरहेका छन् । यसअघि १ हजार सेनाले एकै पटक आत्मसमर्पण गरेका थिए ।

रुसी सेनाले मारियोपोलमा १० घण्टे युद्धबिराम गरेको छ । एकतर्फी रुपमा गरिएको युद्धविराम गरेर फसेका नागरिकलाई बाहिर जान समय दिएको बताएको छ । युद्धविराम गरेपछि मारियोपोलको स्टील उद्योगमा बंकरमा लुकेको युक्रेनी सेनाहरु बाहिर निस्केर आत्मसमर्पण गरिरहेका छन् । घाइते अवस्थामा रहेका युक्रेनी सेनाकाे रूसी सेनाले उपचार गरेकाे छ । केही दिनदेखि खाना नपाएर भाेकभाेकै लडिरहेका उनीहरूलाइ रूसी सेनाले खाना समेत खुवाएकाे छ ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडियोमा युक्रेनी सेनाले हात उठाएर आत्मसमर्पण गरिरहेको देखिएको छ । उनीहरुको शरीरका विभिन्न भागमा गोली तथा छर्रा लागेर घाइते भएका छन् । घाइते उनीहरुको रुसी सेनाले उपचार समेत गरेको रुसी रक्षा मन्त्रालयले बताएको छ । मारियोपोलमा रुसी सेनाले पछिल्लो पाँच घण्टामा भिषण हमला गरेको छ । ब्ल्यक सीमा पाँचवटा युद्धपोत तैनाथ गरेर रुसले मारियोपोललाई घेराउ गरिरहेको छ ।

समुद्रमा तैनाथ जहाजबाट पाँच वटा मिसाइल एकै साथ प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । आत्मसमर्पणको लागि दिएको समय सीमा भित्र केही युक्रेनी सेनाले प्रतिरोध गरिरहेका छन् ।

मारियोपोलको स्टील उद्योगमा रहेको सेना विदेशी नागरिक भएको रुसले जनाएको छ । यसले नेटो देशका सेनाले युक्रेन आएर लडाइँ लडिरहेको बताएको छ । युक्रेनी सेनाले थप क्षति हुन नदिने आत्मसमर्पण गरेपनि विदेशी सेनाले भने रुसविरुद्ध लडिरहेको छ । आत्मसमर्पण गरेपछि परिचय खुल्ने गरले विदेशी सेना अन्तिम अबस्थासम्म पनि लड्न सक्ने बताइएको छ । रुसले डोनबास, ओडिसालगायत क्षेत्रमा हमला तेज पारिदिएको छ ।

आजै अमेरिकालगायत नेटो देशहरुले दिएको हतियार युक्रेन पुगेको छ । रुसले यसअघि हतियार ल्याउँदै गरेको विमान खसालिदिएको थियो । अमेरिकासहित पश्चिमा देशहरुले हतियार दिएर युक्रेनको थप क्षति पुर्याउने लागेको रुसले बताएको छ । उनले हतियार दिन देशविरुद्ध कारवाही गर्न सक्ने चेतावनी पनि दिएको थियो ।

आज रुसले युक्रेनमाथि सैन्य कारवाही गरेको ५६ दिन पुगेको छ । युक्रेनले विदेशी देशसँग थप हतियार मागेका छन् । रुसले मे ९ सम्म लडाइँ जित्न चाहन्छ । उक्त दिनमा तत्कालिन सोभियत संघले जर्मनलाई हराएको थियो । सोही दिनको सम्झनामा रुसले विजय उत्सव मनाउँदै आएको छ । यो बर्ष युक्रेनमाथि विजयसहित उत्सव मनाउने रुसको तयारी छ ।

भारतीय संचारमाध्यमहरुले अनुसार सोही दिनसम्म लडाइँ जित्न रुसले न्यूक्लियर हमला गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal