आज :

भिभो भि २३ फाइभजीः उत्कृष्ट क्यामेरा क्षमताको प्रिमियम फ्ल्यागशिप स्मार्टफोन

  • अनलाइन डबली

काठमाडौँ । आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ । प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुको आवश्यकता राम्रोसंग बुझेको छ । स्मार्टफोनले हामी एकअर्कालाई सशक्त बनाउँनुका साथै जिज्ञासु र एक्सप्रेसिभ बनाउने भिभोको विश्वास रहेको छ । भिभोको हालै सार्वजनिक भएको भि२३ फाइभजी यसको प्रमाण हो ।

भि २३ फाइभजीले आफ्ना प्रयोगकर्ता विशेष गरी फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरुको जीवनलाई सहज बनाउन थुप्रै विशेषताहरू ल्याएको छ जसले यस उपकरणलाई पिक्चर–पर्फेक्ट स्मार्टफोन बनाउँछ । उक्त विशेषताहरु यस प्रकार रहेका छन्ः

– यसको अगाडि भागमा उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसले अनुकुल प्रकाशमा उल्लेखनीय रूपमा उच्च सार्पनेश प्रदान गर्दछ । जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी आउँदैन । धेरै पटक सेल्फीहरू क्लिक गरिरहँदा प्राय मुहारको आकृति, आखीभौं, परेलाहरू लगायत धमिलो देखिन्छन् तर भि२३ फाइभजीबाट सेल्फी लिँदा ती सधैं स्पष्टसंग देखिन्छ । यसको फ्रन्ट क्यामेरामा आँखा अटोफोकस विशेषता छ जसले प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाउँदछ । फोनले स्वचालित रूपमा लक गर्न सक्छ र हलचल गरिरहँदा पनि आँखाहरूमा फोकस कायम राख्न सकिन्छ ।

प्रो टिपः फ्रेम भित्र सर्दा वा टाढा वा नजिक जाँदा, हिड्दा पनि सुन्दर शटहरू लिनका लागि आँखा अटोफोकस प्रयोग गर्नुहाेस्

– भि २३ फाइभजीको डुअल फ्रन्ट क्यामेरा प्रणालीले ८ एमपी सुपर वाइड–एंगल क्यामेराको साथ १०५ डिग्री वाइड–एंगल फिल्ड अफ भ्यू प्राप्त गर्दै पारिवारिक तस्विरहरू वा सामूहिक तस्वीरहरू खिच्न धेरै सजिलो बनाउँछ । यसको फाइदा भनेको फ्रेमको छेउमा रहेका वस्तुहरू पनि राम्रोसंग देखिन्छ । सामूहिक फोटो खिच्न भि २३ फाइभजी सधै उत्कृष्ट विकल्प हुनेछ ।

– रातको समयमा तस्बिरहरू क्लिक गर्न खोज्दा पर्याप्त प्रकाश नपुगेर अँध्यारो र धमिलो तस्वीरहरुमा चित्त बुझाउन परेको समस्या हामी सबैले कुनै न कुनै समयमा भोगेका छौं । यो समस्या समाधान गर्नका लागि अब हामीसंग भि२३ फाइभजी छ । डुअल–टोन स्पटलाइटः स्पटलाइट पोट्र्रेट + स्पटलाइट पोट्र्रेट भिडियोमार्फत तपाईले अन–द–गो आफ्नो लाइटिंग मिलाउन सक्नुहुन्छ, यो विशेषताले सर्वाधिक चर्चा पाएको छ । फोनको शीर्ष बेजेलमा बिल्ट–इन फ्रन्ट–फेसिङ फ्ल्याशहरू समावेश छन् । लाइट आउटपुटलाई इच्छित ब्राइटनेश र कलर तापक्रम अनुसार समायोजन गर्न सकिन्छ जसले गर्दा तपाईले सधैं उत्कृष्ट सेल्फी खिच्न सक्नुहुन्छ ।

प्रो टिपः शान्त सडक वा कोठा जस्ता कम प्रकाश भएका परिदृश्यहरूमा सेल्फीहरू क्लिक गर्दा यसलाई प्रयोग गर्नुहोस् ।

-रातमा तस्बिरहरू क्लिक गर्नका लागि सुपर नाइट सेल्फी + सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता छन् जसले कम प्रकाशमा खिचिएको सेल्फीहरू अझ स्पष्ट र उज्यालो बनाउँछ । चाहे एकलै वा समूहमा फोटो खिच्दा होस्, यो विशेषताले उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । सुपर नाइट मोडको अर्को शक्तिशाली संस्करण एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोड हो । सुधारिएको मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजीको साथ, यसले अँध्यारोमा उत्कृष्ट फोटोहरू लिन मद्दत गर्दछ ।

प्राकृतिक पोट्र्रेटले तपाईंलाई स्टाइलिश फोटो र भिडियोहरू खिच्न मद्दत गर्नेछ । यसको सबैभन्दा राम्रो पक्ष भनेको अत्याधिक ब्यूटिफाइंग वा इडिटिंग फ्रन्ट क्यामेरा फिल्टरहरू प्रयोग गर्नको सट्टा, भि २३ फाइभजीबाट खिचिएका तस्वीरहरुले प्राकृतिक सौन्दर्य प्रकट गर्दछ र तपाइँको अद्वितीय विशेषताहरूलाई हाइलाइट गर्दछ ।

-६४ एमपी जीडब्लु १ (GW1) सुपर–सेन्सिङ क्यामेरामा ०.८ माइक्रोमिटर पिक्सेलको जीडब्लु १ (GW1) इमेज सेन्सर प्रयोग भएको छ, जसमा राम्रो प्रकाश संवेदनशीलता हन्छ । मुख्य क्यामेरामा दुईवटा सेकेन्डरी क्यामेराहरूः एउटा ८एमपी वाइड–एंगल लेन्स र २एमपी म्याक्रो क्यामेरा छन् । यो स्मार्टफोन हरेक फोटोग्राफरको सपना हो किनभने यसले विशाल प्राकृतिक परिदृश्यदेखि लिएर सानो दृश्यहरु पनि खिच्छ ।

यी सबै विशेषताहरुले कसरी भि २३ फाइभजी सबै फोटो उत्साहीहरू र सेल्फी प्रेमीहरूको लागि सपना हो भनेर दर्शाउँछ । तपाईले पनि यो स्मार्टफोन प्रयोग गरेर उतकृष्ट तस्विरहरूको अनुभव गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal