आज :

‘पुटिनले युक्रेनमा अहिलेसम्म हतियारको टेष्ट मात्रै गरेका हुन्, असली लडाईँ अब’

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारवाही थालेको आज ५२ दिन भएको छ । यो अबधिमा युक्रेन पूरै अलगथलग मात्रै भएन, खण्डहरमा परिणत भइसकेको छ । ५० लाख भन्दो धेरै नागरिकले देश छोडेका छन् भने देशमै रहेका नागरिक शरणर्थी जस्तै भएर बाचिरहेका छन् ।

देशको अवस्था यस्तो भएपनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अझै अमेरिकालगायत देशहरुसँग हतियार मागिरहेका छन् । टर्कीको इस्तानबुलमा भएको दुई देशका प्रतिनिधिहरुबीचको वार्ताप्रति युक्रेन इमान्दार नभएको भन्दै रुसले पुनः हमला तेज बनाएको छ ।

रुसी सेना राजधानी किभबाट पछि हटेसँगै जेलेन्स्कीले पश्चिमा देशहरुसँग मिलेर मानवता विरोधी कार्य गरेको भन्दै आफूविरुद्ध मिडिया प्रपोगण्डा गरेको रुसले बताएको छ । जेलेन्स्कीले बुचा शहरमा रुसले मानवता विरोधी कार्य गरेको भन्दै त्यसविरुद्ध बोल्न विश्वलाई आग्रह गरे । त्यसपछि रुस टर्की वार्तामा भएको सहमतिप्रति युक्रेन इमान्दार नभएको भन्दै हप्तापछि फे िअघि बढेको थियो ।

भारतीय संचारमाध्यम न्यूज नेशनले रुसले अहिलेसम्म निर्णय हमला नगरेको बताएको दाबी गरेको छ । उसले स्पेशल रिपोर्टमा रुसले अहिलेसम्म आफ्ना हतियारको टेष्ट मात्रै गरेको बताएको छ । त्यस्तै आफ्ना स्पेशल सैन्य दस्ता पनि युक्रेन नपठाएर शिकारी सैनिकलाई पहिला पठाएको उक्त न्यूज च्यानलले दाबी गरेको छ । रुसले युक्रेन र पश्चिमा देशहरुको शक्ति नापिरहेको समेत सो च्यानलको दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन, नेटो र पश्चिमा देशहरुको शक्ति नापिसकेको र अब निर्णय हमला गर्न सक्ने न्यूज नेशनको दाबी छ । उसले रुसको मस्को युद्धपोत पनि युक्रेनले हमलाबाट नभएर आन्तरिक दुर्घटनाका कारण डुबेको बताएको छ । हमलामा पश्चिमा देशहरुले भनेजति रुसको क्षति नभएको भन्दै न्यूज नेशनले रुसले जेलेन्स्कीलाई अन्तिम मौका दिएको बताउँदै यसबारे उनले नसोचे युक्रेनको इतिहास मेटिने समेत बताएको छ ।

यसैबीच रुसले युक्रेनको मारियोपोल शहर नियन्त्रणमा लिइसकेको र मानव बस्तीमा लुकेर बसेका सैन्य जवानहरुले लुकीछिपी हमला गरिरहेको छन् । मारियोपोल अहिले रुसी सेनाको नियन्त्रणमा छ । त्यस्तै, अर्को ठूलो शहर खार्किभको ९० प्रतिशत भूभाग रुसी सेनाको नियन्त्रणमा गइसकेको छ । रुसले त्यहाँ हवाई हमला गरिरहेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार मरियोपोल र खार्किभमा हजारौं युक्रेनी सेनाले आत्मसमर्पण गरेका छन् । रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडियोमा युक्रेनी सेनाहरुले हतियार फालेर हात उठाइरहेको देखिएको छ । त्यस्तै, रुसी सेनाले एकै पटक ४० वटा मिसाइल प्रहार गरेर युक्रेनी सेनाका अड्डा र मिसाइल निर्माण केन्द्रमा हमला गरेको छ । यसबाट युक्रेनको मिसाइल संरचना वा संयन्त्र पूरै ध्वस्त भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal