आज :

रुसले भन्यो- युद्धपोत ‘मस्को’ युक्रेनी हमलाबाट डुबेको होइन

  • अनलाइन डबली

काठमाडौँ । रुसले सैनिक मस्क्भा युद्धपोत युक्रेनी हमलाबाट डुबेको होइन युक्रेनी हमलाबाट नडुबेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आन्तरिक गडबडीका कारण जहाजमा विस्फोट भएको बताएको छ । जहाजमा आगलागी भएपछि चालक दलसहित त्यसमा रहेका सैनिकलाई अर्को जहाजसमा सुरक्षित उद्धार गरिएको रुसले जनाएको छ ।

उता युक्रेनले भने आफ्ना सैनिकले क्षेप्यास्त्र हमला गरेर युद्धपोत ध्वस्त पारेको दाबी गरिरहेको छ । त्यस्तै अमेरकी रक्षा मन्त्रालयले पनि युक्रेनी हमलाबाट मस्क्भा पानी जहाज डुबेको दाबी गरेको छ ।

सोभियत संघको बेलामा बनेको यो युद्धपोत रुसको सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोत भएको बताइएको छ । १२ हजार टन भन्दा बढी तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो ।

रुसले युक्रेनमाथि सैन्य कारवाही सुरुदेखिपछि मस्क्भा ब्ल्याक सीमा तैनाथ गरिएको थियो । रुसी सैनिकले यही जहाजमार्फत युक्रेनी सेनालाई ब्ल्याक सीबाट लखेटेको थियो ।

सोभियत संघको बेला सन् १९७९ मा तयार भएको क्रुजर मस्क्भा सन् १९८० बाट प्रयोगमा ल्याइएको थियो । युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको थियो ।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो । सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मस्क्भा नाम दिइएको थियो ।

यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू रहेका थिए । सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो । यो जहाजले न्यूक्लियर हतियार समेत बोक्ने र प्रहार गर्ने सक्थ्यो । एन्टी जहाज सिस्टम जडित जहाज १३ क्षेप्यास्त्र बोक्न सक्थ्यो ।

जसरी भएपनि युद्धमा मस्क्भाको डुबेको छ । उ अब इतिहास भएको छ । यसले रुसलाई ठूलो क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal