आज :

अब हप्तामा दुई दिन सार्वजनिक बिदा ! कार्यालय समय बढ्ने

काठमाडौँ । अब सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्च कटौती गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारी खर्च कटौती गर्न नेपाल राष्ट्र बैङ्कले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । राष्ट्र बैंकले सरकारी खर्च २० प्रतिशत कटौती गर्न सकिने भन्दै सिफारिस गरेको बताइएको छ । आर्थिक सङ्कट बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैङ्कले हप्तामा दुई दिन बिदा दिएर कटौती गर्न सकिने बताएको हो ।

एक मन्त्रीका अनुसार सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यो निर्णय कहिलेबाट लागु हुने भन्नेमा सरकारले केही खुलाएको छैन । यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने बताइएको छ ।

सरकारले दुई दिन बिदा दिँदा सेवा प्रवाहमा असर नपरोस् भनेर कार्यालय समय बढाउने समेत तयारी गरेको छ । यसबारे पनि थप छलफलपछि मात्रै निर्णय गरिने अधिकारीहरुले बताएका छन् । अहिले सरकारीले कार्यालयमा विहान १० देखि ५ बजेसम्म सेवा प्रवाह गर्दै आएको भने शुक्रबार १० देखि १ बजेसम्म र शनिबार सार्वजनिक बिदा दिएको छ ।

यसअघि पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन सुझाव आएको थियो । तर सरकारले कार्यान्वयन गरेको थिएन।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal