आज :

युक्रेनको सैनिक मुख्यालयमा रुसको मिसाइल हमला, ४० कमाण्डरको मृत्यु

काठमाडौँ । युक्रेनको सैनिक मुख्यालयमा रुसी सेनाले मिसाइल हमला गरेको छ । युक्रेनले रुसको बेल्गोरोदस्थित डिपोमा हमला गरेसँगै रुसी सैनिकले युक्रेनमा हमलालाई तेज बनाएको छ । रुसको यो शहर युक्रेन सीमाबाट ३० किलोमिटर नजिक छ ।

रुसी सेनाले युक्रेनको राजधानी किएभमा रहेको कमाण्ड फोर्सको अखडामा शक्तिशाही क्रुज मिसाइलबाट हमला गरेको हो । रुसी रक्षा मन्त्रालयले हमलामा परी युक्रेनका ४० सैनिकको ज्यान गएको दाबी गरेको छ । उक्त स्थानमा युक्रेनी कमाण्ड फोर्सका कमाण्डरले रुसविरुद्ध योजना बनाइरहेका थिए ।

किएभमा रहेका भारतीय पत्रकार गौरव सावंतका अनुसार रुस र युक्रेनबीच वार्ता वा कुटनीतिक रुपमा शान्ति कायम गर्न नसके किएभ लगायतका क्षेत्रमा अबको केही हप्तामा भिषण हमला हुनेछ । वार्तापछि रुसले हमला घटाउँदै केही क्षेत्रबाट पछि हटेपनि युक्रेनले हमला जारी राखेको छ ।

युद्धलाई झनै चर्काउन युक्रेनले रुसी तेल डिपोमा हमला गरेको छ । यसले बार्ताको माध्यमबाट शान्ति कायम गर्न चाहेपनि यो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोसँग थप हतियार मागेका छन् । जेलेन्स्कीको यो भनाईसँगै रुसले खार्किवमा पनि हमला गरेको छ । ग्यास लाइनमा आगो लागेको छ ।

युक्रेनको पछिल्लो कदम उसैको लागि घातक हुने भारतीय सैन्य विज्ञहरुको विश्लेषण छ । उनीहरुले राष्ट्रपति जेलेन्स्की युद्ध छोड्याउने वा शान्ति कायम गरेर देश र जनतालाई जोगाउने भन पनि पश्चिमा देशहरुको स्वार्थमा काम गरिरहेको रक्षा विज्ञहरु बताउँछन ।

वार्तापछि पत्रकार राजेश पावरका अनुसार रुसीले सेना मरियोपोल लगायतका क्षेत्रमा हमला कम गरेको बेला रुसी भूमिमाथि युक्रेनको हमलाले झन् युद्ध चर्किन सक्ने बताउँछन् । उनले युक्रेनले रुसी भूमिमा हमला गरेन् भन्न पनि गारो हुन सक्ने बताए ।

पत्रकार गिता मोहनका अनुसार मारियोपोलको ७० प्रतिशत भूभाग रुसी सैनिकको नियन्त्रणमा रहेको बताउँछिन् । उनले युक्रेनी सैनिकको घेरा साँधुरो हुँदै गएको छ । तर, रुसी हमलाको हमलाको सापना गरिरहेका छन् ।

यसैबीच रुसी विदेशमन्त्री विदेशमन्त्रीको भारत भ्रमण परिणामुखी हुने अपेक्षा गरिउको छ । नेपाल युक्रेनको पक्षमा उभिएपनि अहिलेसम्म भारत कुनै पक्षमा खुलेको छैन ।

भारतले रुससँगको लामो सैन्य र राजनीतिक सम्बन्ध तोड्न नसक्ने भारतीय रक्षा विज्ञहरुको भनाई छ ।

यसैबीच चीनले युक्रेन यु’द्धको मुख्य दोषी नेटो रहेको बताएको छ । चिनियाँ अधिकारीहरुले नेटोले युक्रेनका राष्ट्रपतिलाई उक्साई रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal