आज :

थकित जेलेन्स्कीः रुसलाई युक्रेनबाट फिर्ता पठाउन असम्भव, नेटोमा जाँदैनौं र डोनबास क्षेत्रबारे सम्झौता गर्न तयार

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू नेटोमा सहभागी नहुने र विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी डोनबास क्षेत्राबारे सम्झौता गर्न रहेको संकेत गरेका छन् । रुसी पत्रकारलाई दिएको अन्तरवार्ताको क्रममा नेटोको नामै नलिएर शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् ।

अन्तरवार्ताको क्रममा जेलेन्स्कीक्ले तटस्थ र डोनबास क्षेत्रबारे जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने धारणा राखेका छन् । रुसी भाषाको उक्त अन्तरवार्तामा जेलेन्स्कीले रुसी भाषा बोलिने शहरहरु ध्वस्त भएका समेत बताए ।

रुसको मुख्य एजेण्डा निःशस्त्रीकरण भने जेलेन्स्कीले अस्वीकार गरेका छन् । उनले सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताए । “हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ” जेलेन्स्कीले भने ।

जेलेन्स्कीले रुसलाई युक्रेनी भूभागबाट बाहिर निकाल्न असम्भव रहेको समेत बताए । “मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ । त्यसले तेस्रो विश्वयुद्धतिर डो¥याउँछ । मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छ” अन्तरवार्ताको क्रममा जेलेन्स्कीले भने । युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीको पछिल्लो भनाईलाई थकित मानसिकताको उपज भएको बताइएको छ । उनले आफूहले रुससँग जत्नि नसक्ने कुरा पहिलो पटक स्वीकार गरेका छन् । पश्चिमा देशहरुबाट रुसविरुद्ध उचालिएका जेलेन्स्कीले यअसघि डोनबार क्षेत्रको धारणा आएको छ । यलाई अन्तर्राष्ट्रिय संचारमधमहरुले जेलेन्स्कीको शक्ति विस्तारैै कमजोर हुँदै गएको रुपममा हेरिएका पात्रकार राजेश पावरले बताएका छन् ।

आज रुसले युक्रेनमा सैन्य अप्रेसन सुरु गरेको ३३ दिन भएको छ । यो अवधिमा युक्रेनका ३२ हजारभन्दा बढी सेनाको ज्यान गएको रुसले दाबी गरेको छ । त्यस्तै, सैन्य उपकरण भारी मात्रामा रुसीले सेनाले आफ्नो नियन्त्रणमा लिएका छन् । राजधानी किभलाई हालिएको घेरा साँधुरो बनाउदै लगेको छ भने अन्य शहरमा हमला जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal