आज :

युक्रेनमा रुसको सैन्य अप्रेशनको एक महिनाः हजारौं युक्रेनी सेनाले गरे आत्मसमर्पण, रुसी सेनाले गरे घाइतेको उपचार

काठमाडौँ । रुसले युक्रेनमा सैन्य अप्रेशन थालेको एक वर्ष पूरा भएको छ । रुसीले हवाई र स्थलबाट अप्रेशन थालेको आज ३१ दिन भएको छ । अमेरिकाको उक्साहटमा रुसको सुरक्षा मामिलालाई युक्रेनले चुनौती दिँदै नेटोमा सहभागी हुने, इयूको सदस्य बन्ने प्रक्रिया थालेपछि रुसले सैन्य अप्रेशन थालेको थियो ।

एक महिनाको अवधिमा युक्रेनका सैन्य संरचना पूरै ध्वस्त भइसकेका छन् । सैन्य अखडा रुसी सेनाका नियन्त्रणमा छन् । आरणविक उर्जा केन्द्रहरु रुसी सेनाको नियन्त्रणमा छन् । नेटो सेनाले बनाइदिएको सैन्य संरचना करिब करिब रुसी सेनाले हवाई र स्थल हमलाका कारण ध्वस्त भइसकेका छन् ।

युक्रेन सरकारले स्थानीयलाई पनि हतियार बितरण गरेका कारण केही स्थानीय बस्तीबाट रुसी सेनाबाट प्रहार भइरहेका छन् । युक्रेनको खार्किभ, मरियपोललगायतका ठूला शहर रुसी सेनाका नियन्त्रणमा छन् । त्यहाँ पनि मानव बस्तीमा लुकेर युक्रेनी पक्षले रुसी सेनामाथि फटफुट प्रहार गरिरहेका छन् ।

युक्रेनका राजधानीमा रहेका भारतीय पत्रकार राजेश पावरका अनुसार रुसले ठूलो क्षति पुर्याउने भन्दा पनि दवाव दिएर निशस्त्रीकरण गर्न चाहेको छ । राजधानी किभलाई तीनतिरबाट घेरा हालेपनि हमला तेज बनाएको छैन । घेरा हालिरहेको सन्देश दिन किभमा पनि हवाई हमला भइरहेको छ । स्थलबाट पनि सेना अघि बढिरहेको छ ।

युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्कीले नेटोलाई सेना र हतियार पठाउन पुनः आग्रह गरेका छन् । बेल्जियमको ब्रुसेल्समा नेटोको आपत्तकालिन बैठकले थप सैन्य उपकरण र पैसा दिने निर्णय गरेको छ । यसले युक्रेन समस्या समाधान नहोस् भन्ने चाहेको रुसले प्रतिक्रिया दिएको छ । उसले युक्रेनलाई सहयोग गरे राम्रो नहुने चेतावनीपछि नेटो देशहरुले युक्रेनमा थप सैन्य उपकरण पठाउने निर्णय गरेका छन् ।

एक महिनाको अवधिमा युक्रेनका हजारौं सेनाले आत्मसमर्पण गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनका दिनदिनै हजारौं सेनाले आत्मसमर्पण गरिरहेका छन् । घाइतेको युद्धस्थलमै रुसी टोलीले उपचार पनि गरेको छ । युद्ध नियमअनुसार रुसी सेनाले युक्रेनका घाइते सेनाको उपचार गरिरहेका छन् । युक्रेनका हतियार भण्डार गरिएका स्थल पनि रुसी सेनाको नियन्त्रणमा छन् ।

पश्चिमा देशहरुले रुसका १५ हजार सेनाको ज्यान गएको बताएका छन् । त्यसलाई रुसले खारेज गरिरदिएको छ । युक्रेनको तुलनामा रुसका कम क्षति भएको अन्तर्राष्ट्रिय संचारमाधयमहरुले बताएका छन् । रुसले दिनमा युक्रेनका ३० हजार सेनाको ज्यान गएको बताएको छ । केही संचारमाध्यमहरुले युक्रेनका ५० हजार भन्दा बढी सेना घाइते भएको बताएका छन् । तर, युक्रेनको आफ्नो तिरको क्षति लुकाउँदै आएको छ ।

नेटो युक्रेनमा आए परमाणु हमलाको धम्की रुसले दिइरहेको छ । रुसलाई थप भड्काउन अमेरिकी राष्ट्रपति छिमेकी पोल्याण्डमा राष्ट्रपति पुटिनलाई गाली गरिरहेका छन् । अमेरिका युक्रेन युद्ध लामो जाहोस् भन्न चाहेको छ । रुसलाई युद्धमै फसाएर कमजोर बनाउने अमेरिकाको चाहना छ तर रुसी अधिकारीहरुले युक्रेनमा गरिएको सैन्य अप्रेशनले आफू कमजोर नहुने दाबी गरिरहेका छन् ।

रुसले मानवीय करिडोर बनाएर महला गरेकोले समय लम्बिएकाे र मानवीय क्षति कम भएको पत्रकार पावर बताउँछन् । रुसी सेनाले फसेका नागरिकलाई खान पनि खुवाइरहेको छ भने केहीलाई रुस स्थान्तरण समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal