आज :

अमेरिकी डलर बहिस्कार गर्ने पुटिनको निर्णय, आफ्नै मुद्रा रुबलमा मात्रै यूरोपमा ग्यास बेच्‍ने

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमरिकी डलरमा आफ्नो कारोबार नगर्ने निर्णय गरेका छन् । पुटिनले युरोपमा अबदेखि आफ्नै देशको मुद्रा रुबोलमा मात्रै कारोबार गर्ने निर्णय गरेका छन् ।

पुटिनको यो निर्णयसँगै अब यूरोपमा रुबोलमा मात्रै इन्धनको कारोबार हुनेछ । युरोपमा ग्यासको मूल्य बढ्ने बताइएको छ । पुटिनले डलरलाई असुरक्षित मुद्रा भएको बताएका छन् । युरोपमा रुसले ग्यास नपठाउने बित्तिकै ठूलो हाहाकार हुनेछ ।

विश्वकै धेरै इन्धनको सबैभन्दा बढी धनी देश रुसको यो निर्णयसँगै युरोपलाई ठूलो झट्का लागेको छ । अब ग्यासको मूल्य तिर्न युरोपेली देशहरुले पहिला डलरलाई रुसी मुद्रा रुबलमा बदल्नु पर्नेछ । अमेरिका र युरोपेली देशहरुले रुसलाई बैंकिङ चेनबाट रुसी मुद्रालाई प्रतिबन्ध लगाएको थिए । त्यसैको जवाफमा पुटिनले यो निर्णय गरेको बताइएको छ ।

युक्रेन– रुस युद्धलाई थप भड्काउन अमेरिकी राष्ट्रपति जो बाइडन पश्चिम भ्रमण निस्केका छन् । उनले रुस र युक्रेन सीमासँग जोडिएको पोल्याण्ड पुगे । उनले रुसको चर्को विरोध गर्दै युक्रेनको प्रसंशा गरे । नेटो देशको बैठकमा सहभागी हुन बाइडन बेल्जियम पुगेका छन् । आज नेटो देशको बैठक छ । सो बैठकले रुसमाथि थप प्रतिबन्ध लगाउने बताइएको छ । त्यस्तै नेटाले युक्रेनमा शान्ति सेना पठाउने समेत बताइएको छ । यदि युक्रेनको सेना पठाएर सहयोग गरेमा त्यसको मूल्य महंगो पर्ने पुटिनले चेतावनी दिएका छन् ।

यसअघि नै पुटिनले आफ्नो परमाणु अस्त्रलाई तयारीमा अबस्थामा राख्न आदेश दिइसकेका छन् । अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति र भ्रमण रुसलाई थप उत्तेजित पार्ने नियत रहेको पत्रकार राजेश पावर बताउँछन् । रुसलाई उत्तेजित बनाउने नेटो सेनाको लडाकु विमान पोल्याण्डनको सीमा क्षेत्रमा उडान भरेको छ ।

आज रुसले युक्रेनमाथि हमला गरेको २९ दिन भएको छ । रुसी सेनाले राजधानी किभलाई घेराउलाई साँघुरो बनाउँदै लगेको छ भने अन्य शहरहरु करिब करिब नियन्त्रणमा दिइसकेको छ । त्यहाँ फाटफुट झडप भइरहेको विवरण आइरहेका छन् । केही क्षेत्रमा अझै युक्रेनी सेनाको उपस्थिति रहेको छ, त्यस्ता क्षेत्रमा रुसी सेनाले हवाई हमला गरिरहेको छ ।

रुसले मानव करिडोर बनाएर हमला जारी राखेको छ । मानव करिडोरमा हमला गरेको छैन । युद्धमा फसेका नागरिकलाई रुसी सैनिकले बाहिर निकालेर रुस पठाएको छ । रुसी सेनाले २० हजार युक्रेनीलाई रुस पठाएको बताइएको छ । फसेका नागरिकको लागि रुसी सैनिकहरुले आफै खाना र पानी पनि पुर्याइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal