आज :

रुसद्वार अमेरिका र युरोपेली कम्पनीका सयौं बिमान कब्जा, हिम्मत भए लिन आउँ

काठमाडौं । रुस–युक्रेन युद्धको आज २२ औं दिन । रुसले युक्रेनी राजधानी किभस्थित सेनाको मुख्य सैन्य अखडामा हमला गरेको छ । सुरुदेखि नै युक्रेनलाई रुसविरुद्ध उचालिरहेको अमेरिकाले थप घातक हतियार दिने घोषणा गरेको छ । योसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खुशी भएका छन् । उनले रुसँग अब वार्ता नगर्ने बताएका छन् ।

यसैबीच आफूविरुद्ध लगाएको प्रतिबन्धको रुसले पनि जवाफ दिइरहेको छ । अमेरिकी राष्ट्रपनि जो बाइडनलगायतका अधिकारीमाथि प्रतिबन्ध लगाएको रुसले अमेरिका र युरोपेली देशका सयौं विमान कब्जामा लिएको छ ।

अन्तर्राष्ट्रिय संचारमध्यमहरुका अनुसार रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको हो ।

प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रूसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रूसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

अमेरिका र युरोपका केही देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नुपर्ने छ । तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रूसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ ।

यसैबीच रुसी अधिकारीहरुले विमान लिन हिम्मत भएर आउन अमेरिका र युरोपेली देशहरुलाई चुनौति दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal