आज :

रतनबहादुर बम: जनयुद्धमा मिलिसियाको कमाण्डरदेखि केन्द्रीय सदस्यसम्म, मेयरका आकांक्षी

कालिकोट । कालिकोटको तिलागुफा ७ (साविक छाप्रे गाविस वडा नम्बर १) मा बुवा अजबहादुर बम र आमा सपुरा बमको कोखबाट २०३३ साल असार १५ गते एउटा सम्पन्न परिवारमा जन्मेका रतन बहादुर बम आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेयरका बलिया दाबेदार हुन् ।

२० बर्षको उमेरमा राजनीतिमा लागेका उनी २०५३ सालमा चतुर्भुज शाही (हरिष) सुरक्षा दलको कमाण्डर हुँदा सदस्य बनेका थिए । सुरक्षा दलका सदस्यको कार्यक्षेत्र गाउँमै सिमित थियो । २०५४ मा पार्टी सदस्यता प्राप्त गरेका रतन बम २०५५ मा एसएलसी दिएर २०५६ को जेठमा माओवादी जनयुद्धमा पूर्णकालिन बने ।

पूर्णकालिन लगत्तै उनलाई एरिया स्तरको मिलिसियाको कमाण्डर बनाईयो । तत्कालिन नेकपा माओवादीले दुई-तीन गाविस मिलाएर एउटा एरियाको संरचना बनाउने गरेको थियो । २०५६ को अन्त्यतिर बम पार्टीको एरिया कमिटि सदस्य बने । २०५८ मा एरिया कमिटिको सेक्रेटरी हुँदा इन्चार्ज मान्मका नरेन्द्र पाण्डे (जेम्स) थिए । २०५९ मा उनी पार्टीको जिल्ला कमिटि सदस्य बन्दै जनमुक्ति सेना अन्तर्गतको प्लाटुन कमिसार बने ।

२०६० मा भेरि कर्णाली संचार विभागको कमान इन्चार्जको जिम्मेवारी वहन गर्दै बम त्यही बर्षको अन्त्यतिर जिल्लामा फर्के । त्यतिबेला जुम्ला र कालिकोटको आधा भाग मिलाएर जिल्लाको संरचना बनाईएको थियो । जिल्ला कमिटिको सदस्य बन्दै उनी २०६१ सालमा सिंजा एरियाको इन्चार्ज बने ।

२०६२ मा चौधबिसको इन्चार्ज बनेका बमको शान्ति प्रक्रियापछि कार्यक्षेत्र जुम्ला नै थियो । २०६३ मा कालिकोट फर्किएपछि जिल्ला कमिटि सचिवालय सदस्य बनेका बम २०६४ मा छाप्रे,जुबिधा,राँचुली र फोइको एरियाको इन्चार्जको भूमिकामा रहेँ ।

२०६५ मा भेरि कर्णाली कर्णाली राज्य कमिटि सदस्यको जिम्मेवारीमा रहेका बम २०७० पछि केन्द्रिय सदस्यसम्म हुँदै पार्टीको जिम्मेवारी समाले ।

अहिले उनी कर्णाली प्रदेश सदस्य तथा तिलागुफाको इन्चार्जको जिम्मेवारीमा छन् । पार्टीमा टुटफुट हुँदा पनि उनी संस्थापक पक्षमै रहेँ । झण्डै २५ बर्षे लामो राजनीति जीवनमा कुनै पनि लाभको पदमा नरहेका बम जनतामा स्थापित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal