आज :

चीनले भन्यो–रुसले सहयोग मागेको छैन, रुस आफै समक्षम छ

काठमाडौं । चीनले आफ्नो देशसँग रुसले सैन्य एवं आर्थिक सहयोग नमागेको बताएको छ । रुसले चीनसँग सहयोग मागेको भन्ने अमेरिकी अधिकारीको दाबीको खण्डन गर्दै चीनले सो कुरा बताएको हो ।

अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए ।

अमेरिकाको उक्त दाबीलाई चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले कहिल्यै नसुनेको भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका छन् । लिउले युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने बताए ।

“अहिलेको प्राथमिकता भनेको तनावपूर्ण अवस्थालाई चर्किन वा नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ” लिउले सिएनएनसँग भने ।

चिनियाँ अधिकारीहरुले रुस आफै सक्षम भएकोले आफ्नो देशसँग सहयोग नमागेको बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
अमेरिकी फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकाले युक्रेन रुसले बेइजिङ्सँग सहयोग मागेको उल्लेख गरेका थिए । तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन ।

रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकाले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal