आज :

अन्ततः झुके जेलेन्स्की, नेटोको सदस्य कहिलै नबन्ने ! रुसलाई पठाए यस्तो प्रस्ताव

काठमाडौँ । रुस-युक्रेन यु’द्धको आज १५ औं दिन भएको छ । सुरुदेखि गोयबल्स शैलीमा आफ्नो शक्तिलाई उत्सहित गर्दै आएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अन्ततः रुसको अगाडि झुकेका छन् ।

रुसलाई जवाफ दिने बताउँदै आएका जेलेन्स्की नयाँ सम्झौताको लागि तयार भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । युक्रेन नेटोको सदस्य नबन्नु पर्ने, पूर्वीका विवादित क्षेत्रलाई अलग राज्यको मान्यता दिनुपर्ने रुसको मागबारे छलफल गर्न आफू तयार रहेको जेलेन्स्कीले सन्देश दिएका छन् ।

जेलेन्स्कीको पार्टीले युक्रेन नेटोको सदस्य नबन्न तयार रहेको बताइसकेको छ भने दुई क्षेत्रका विषयमा पनि छलफल गर्न तयार रहेको सन्देश रुसलाई पठाएको छ । आज दुई देशका विदेशमन्त्रीको टर्कीमा बार्ता हुँदैछ । जेलेन्स्कीले बुधबार भिडियाे सन्देशमा उक्त कुरा बताइसकेका छन् । तर रूसले यसबारे केही बताएकाे छैन । रूस पूरै युक्रेनबाट जेलेन्स्कीलाइ सत्ताबाट हटाएर मात्रै पछि हट्छ वा नयाँ प्रस्तावकाे लागि तयार हुन्छ हेर्न बाँकी छ ।

किभमा रहेर सुरूदेखि रिपाेर्टिङ गरिरहेका पत्रकार राजेश पावरले अमेरिका र इयूले पनि साथ नदिएपछि जेलेन्स्की हतास मानसिकतामा पुगेका छन् । नागरिककाे मनाेवल बढाउन मात्रै उनले भिडियाे सन्देश दिइरहेका पत्रकार राजेश बताउँछन् । उनी जेलेन्स्की छिटै रूसकाे प्रस्तावमा तयार हुने बताउँछन् ।

जेलेन्स्कीले अमेरिका, नेटा सदस्यहरु र इयूले आफूलाई युद्धमा एक्लै छोडेको भन्दै पटकपटक भिडियो सन्देशमार्फत विरोध जनाइसकेका छन् । उनले युक्रेनलाई नेटोको सदस्य बनाउन गरेको आग्रह पनि अस्वीकार गरेपछि इयूको सदस्य बनाउन आग्रह गरेका थिए । त्यो पनि नमानेपछि जेलेन्स्की रुससँग लड्न तयार नभएको बताइएको छ ।

रुससँग लडाइँमा युक्रेन पराजित नै हुने र चाँडो नयाँ सम्झौता गर्न जेलेन्स्कीलाई आफ्नै सहयोगीबाट दवाव आइरहेको बताइएको छ ।
रुसी सेनाले ठूला सहर नियन्त्रण गर्दै राजधानी किभलाई चारैतिर घेराउ गरेका छन् । किभमा रहेका भारतीय पत्रकार अमन चोपडाका अनुसार रुसी सेनाले अन्तिम हमलाको तयारी गरिहेको छ । साइरन बजिरहेको छ । सबै मानिसहरु भूमिगत सेल्टरमा जान सूचना गरिएको छ ।

किभमा ठूलो संकट आउनुअघिको सन्नाटा छाएको पत्रकार अमनले बताएका छन् । रुसी सेनालाई रोक्न युक्रेनी सेनाले सबै प्रयास गरेपनि असफल भएको छ । सर्वसाधारणलाई हतियार दिएर मानव बस्तीबाट प्रतिकार गर्न लगाएको छ । मानव बस्तीबाट रुसी सेनामाथि हमला भएपछि त्यस्ता बस्तीहरु ध्वस्त भएका छन् ।

रुसले मानिसहरुलाई बाहिर निस्कन एकतर्फी युद्धविराम समेत गर्दै आएको छ । राजधानी किभसहित खार्किभलगायतका शहरमा युद्धविराम गरेपनि युक्रेनी सेनाले सर्वसाधारणलाई निस्कन नदिएको बताइएको छ । रुसी संचारमाध्यमहरुका अनुसार सर्वसाधारणलाई मानव ढाल प्रयोग गर्न फसेका भनिएका नागरिकलाई बाहिर निस्कन युक्रेनले दिएको छैन ।

फसेका नागरिकलाई बाहिर निस्कन नदिएको आलोचना भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन् ।

एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५,००० मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए । तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal