आज :

अमेरिका र ईयूले मलाई सफाए, सुरुमा उस्काए अहिले एक्लै छोडेः जेलेन्स्की

काठमाडौँ । आज रुस–युक्रेन यु’द्धको १३ औं दिन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासहित पश्चिमा देशहरुले आफूलाई सफाएको बताएका छन् । युद्ध मैदानबाटै जेलेन्स्कीले सुरुमा आफ्नो देशलाई रुससँग लड्न उचालेको, यु’द्धमा साथ दिन्छु भनेको छ तर अहिले एक्लै छोडेको गुनासो गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले एक सन्देशमार्फत युक्रेनी नागरिकको जिम्मा युरोपले लिनुपर्ने समेत बताएका छन् । जेलेन्स्कीलाई नेटो र अमेरिका, यूरोपियन युनियनले आफूले सेना पठाउने भनेर रुससँग भिड्न उक्साएको रक्षाविदहरुले बताएका छन् । जेलेन्स्कीले पुनः अमेरिकासँग सहयोग मागेका छन् ।

सोमबार राजधानी किभसहित चार शहरमा रुसले एकतर्फी युद्धविराम गरेको थियो । युद्धमा फसेका नागरिकलाई बाहिर जान भन्दै कुनै हमला नगर्ने रुसले बताएको थियो । तर, युक्रेनी सेनाले नागरिकलाई बाहिर निस्कन नदिएपछि फेरि हमला सुरु भएको छ ।
यसैबैच रुसी रक्षा मन्त्रालयका अनुसार चेर्निहिभ, सुमी, खार्किभ, मारिऊपोल र राजधानी किएभबाट सर्वसाधारणलाई बाहिर निकाल्नका लागि सुरक्षित बाटो खोलिएको छ।

बीबीसीका अनुसार विगतमा गैरसैनिकहरू हताहतिमा परेपछि त्यस्ता निकास मार्गबाट सर्वसाधारणलाई निकाल्ने प्रयासहरू असफल भएका थिए। समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षामन्त्रीलाई उद्धृत गर्दै भने अनुसार, सशस्त्र सैन्यले युक्रेनमा स्थानीय समय अनुसार बिहानको ९ बजेदेखि हमला रोकेको छ।

उत्तर–पूर्वी सहर सुमीबाट खुला गरिएको मार्गलाई आंशिक रूपमा रुसी सेनाले घेरेको छ र त्यहाँ भारी गोलाबारी भइरहेको थियो। सोमवार त्यस मार्गमा ९ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन्।

सम्झौता अनुरूप युद्ध विराम स्थानीय समय अनुसार बिहान ९स्०० देखि रातिको ९ बजेसम्म कायम रहने अपेक्षा गरिएको छ।

विस्थापितहरू सुमीबाट १७५ किलोमिटर दक्षिणमा रहेको युक्रेनी सहर पोल्टावास पुग्नेछन्। यसअघि मस्कोले युक्रेनीहरूलाई रुस लग्नका लागि राखेको प्रस्तावलाई युक्रेनले अनैतिक र आममानिसको जीवनलाई खतरामा पार्ने चलखेलको संज्ञा दिँदै अस्वीकारू गरेको थियो।

युक्रेनले रुसी अधिकारीहरूलाई यु द्ध विरामको सम्झौताको सम्मान गर्न आह्वान गरेको छ। युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भारत, चीन र अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि बाहिर पुर्‍याउने योजना रहेको बताएकी छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal