आज :

रुसद्वारा युक्रेनमा युद्धविराम घोषणा, यस्तो छ कारण

काठमाडौँ । रुस-युक्रेन यु’द्धको आज दशौं दिन । रुसले युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले युद्धमा फसेका नागरिकलाई सुरक्षित स्थान जान दिन दुई सहरमा यु’द्ध बिरामको घोषणा गरेको हो ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट अस्थायी युद्धबिरामको घोषणा गरेको छ । आमनागरिकलाई सहर छोड्न मार्ग प्रशस्त गर्न यु’द्धबिराम गरेको रुसले जनाएको छ ।

यी शहरमा भारत, चीनलगायतका देशका नागरिक फसेको बताइएको छ । युद्धविराम कतिसम्म कामय रहन्छ भन्ने कुनै जानकारी दिइएको छैन । तर, दुबै क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा छन् । यहाँ युक्रेनीले कुनै फायर नगरे बिस्तारै युद्ध अन्त्यको घोषणा गरिने बताइएको छ । यसैगरी रुसी सेनाले आफ्नो पूर्ण नियन्त्रणमा लिइसकेपछि युद्धबिराम गर्ने बताइएको छ ।

राजेशका अनुसार रुसी सेनाले राजधानी किभमाथिको घेरा साँघुरो बनाउँदै लगेको छ । किभमा अहिले स्थित भारतीय पत्रकार राजेश पावरका अनुसार अहिले पनि साइरन बजिरहेको छ । अहिले किभमा सन्नाटा छाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो निवास नजिकै रुसले रकेट प्रहार गरेको बताएका छन् । तर, पत्रकार राजेशले त्यसको पुष्टि नभएको बताएका छन् ।

युक्रेनी राष्ट्रपनि जेलेन्स्कीले नेटोले युद्धमा सहभागी हुन र ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि विरोध जनाएका छन् । उनले नेटोको यो निर्णय दुःखद भएको बताए । जेलेन्स्कीले युक्रेनको हार भनेको युरोपको हार भन्दै साथ दिन अन्य देशहरुसँग आग्रह गरेका छन् । रुसविरुद्ध जेलेन्स्कीलाई यु’द्धको लागि उचाल्ने नेटो र इयूले अहिले पछि हटेका थिए । भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेपछि आफूले रुसमै हमला गर्ने चेतावनी नेटोले दिएको थियो । त्यसबाट उत्साहित भएका जेलेन्स्की अहिले निरास भएका छन् ।

यसैबीच पश्चिमा देशहरुले रुसविरुद्ध प्रचारयुद्ध छेडेका छन् । उनीहरुले गैरसैनिक क्षेत्रमा हमला गरेको, मानव अधिकारको उलंघन गरेको जस्ता आरोप लगाइरहेका छन् । रुसी सेना पराजितको मानसिकतामा पुगेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । यसरी झुट प्रचारबीच रुस आफ्नै रणनीतिअनुसार अघि बढिरहेको छ । यो प्रचारबीच रुसले एकतर्फी यु’द्धबिराम गरेको छ ।

पत्रकार राजेश पावरले रुसी सेना मानवीय क्षति नपुगोस् भन्नेमा सचेत रहेको बताउँछन् । उनले किभको प्राचिन महत्वको सुरक्षा गर्न रुसले ठूलो हमला नगरेको, चारैतिर घेराबन्दी गरेर जेलेन्स्कीलाई झुकाउन चाहेको बताउँछन् ।

फेसबुकमा अफवाह फैलाएपछि रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । त्यो भन्दा पहिले ट्विटर र यूट्यूबले रुसलाई रोक लगाएका थिए । यूट्युबले रुसी टिभीको प्रसारणमा रोक लगाइसकेको थियो ।

राष्ट्रसंघले अहिलेसम्म युक्रेनबाट १२ लाख नागरिक पलायन भइसकेको बताएको छ । सबैभन्दा धेरै पोल्याण्ड, हंगेरी र अन्य देशहरुतिर लागेको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal