आज :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोडे, पोल्याण्ड पुगेको दाबी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोडेका छन् । रुस–युक्रेन युद्धको ९ औं दिन जेलेन्स्कीले देश छोडेर पोल्याण्ड पुगेको रुसी संचारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार विहानैबाट राजधनी किभमा हमला सुरु भएपछि उनी भागेको बताइएको छ । आज विहानमात्रै जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लामिदिर पुटिनसँग वान टु वान वार्ता गर्न प्रस्ताव गरेका थिए । जेलेन्स्कीले दिनप्रतिदिन रुसविरुद्ध भिडियो सन्देश दिइरहेका थिए ।

युक्रेनले संचार यु’द्ध गरेको भन्दै चेतावनी दिएको रुसले आज जेलेन्स्कीले देश छोडेको बताएको छ ।

पत्रकार राजेश पावरका अनुसार रुसी सेनाले किभमा पाँच  यता कुनै हमला गरेको छैन । जेलेन्स्कीले देश छोडको रुसले हमला रोकेको हुन सक्ने बताइएको छ ।

शनिबार आरणविक उर्जा केन्द्र नियन्त्रण लिएपछि युरोपलाई रुसविरुद्ध जुट्ने बेला आएको बताएका थिए । आजैमात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले पनि पुटिनमाथि लगाएको प्रतिबिन्ध फिर्ता गर्ने बताएका थिए ।

आजै नेटाले आफूले सैनिक नपठाउने र युक्रेनको आकाशमाथि प्रतिबन्ध लगाउन नसक्ने बताएसँगै जेलेन्स्कीले देश छोडेको बताइएको छ ।

पश्चिमा देशहरुको उक्साहटमा लागेर जेलेन्स्कीले देश खरानी बनाएर भागेका छन् । यसबारे युक्रेनी सरकार र संचारमाध्यमहरुले केही बताएका छैनन् ।

अन्तर्राष्ट्रिय आण विक ऊर्जा निकाय आईएईएले युक्रेनमा एउटा परमाणु ऊर्जा केन्द्रमा भएको आक्रमण र आगलागीपश्चात् त्यहाँ विकिरण नफैलिएको जनाएको छ।

रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। सो केन्द्र रुसी नियन्त्रणमा भएको बताइएको छ।

पश्चिमा देशहरुको धम्कीसँग नझुक्ने र लडाइँ जारी रहेन बताएका पुटिनले आजै जर्मन चान्सलर ‌ओलाफ सोल्जसँग फोन वार्ता गरेका छन् । जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न आह्वान गरे।

साथै उनले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न पनि आग्रह गरेको बताइएको छ। एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएका छन्।

पश्चिमा देशहरुले रुसको हमलामा ठूलो क्षति पुगेको बताइरहेका छन् । तर रुसीले राजधानी किभ बाहेक सबै क्षेत्र नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal