आज :

युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रूसकाे नियन्त्रणमा, राजधानी किभतिर अघि बढ्याे रूसी सेना

काठमाडौँ । रुस–युक्रेन यु’द्ध भएको आज नवौं दिन भएको छ । युक्रेनको राजधानीमा रहेका पत्रकार राजेश पावरका अनुसार रुसले युक्रेनका अधिकांश क्षेत्रमा नियन्त्रण लिइसकेको छ ।

दोस्रो ठूलो शहर खार्किभ पनि रुसी सेनाका करिब करिब नियन्त्रणमा आइसकेको छ । राजेशले आज विहानैबाट दिउँसोसम्म १० वटा ठूलो आवाज आएको छ । रुस सेनाले हवाई हमला गरेको हुन सक्ने बताइएको छ ।

यसैबीच जापोरिज्यास्थित पर माणु ऊर्जा केन्द्र रुसी सेनाले कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका रोएटर्स समाचारसंस्थाले जनाएको छ।

रुसले प्रहार गरेको एउटा ब’म विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। युक्रेनी अधिकारीहरुले युक्त उर्जा केन्द्र आफ्नो नियन्त्रणमै रह्ेको बताएका थिए । तर, अहिले युक्रेन सरकारले नै उक्त केन्द्र रुसी सेनाको नियन्त्रणमा गएको स्वीकार गरेको छ ।

यसैबीच रुसी सेनाका युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज डुबेको छ। सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका हुन्। वि स्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन। जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताएका छन्।

उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी सेनाले नियन्त्रण लिएको स्वीकार गर्दै तत्काल कदम चाल्न विश्वलाई आग्रह गरिरहेका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्।

जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्।

यसैबीच जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि हतियार नबिसाएसम्म पुटिनसँग वार्ता नगर्ने बताउँदै आएका जेलेन्स्की बताउँदै आएका थिए ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडन पनि पछि हटेका छन् । पुटिनलाई यु’द्ध अपराधी करार गर्ने बताउँदै आएका बाइडन अहिले आफू प्रतिबन्ध फिर्ता गर्न तयार रहेको बताएका छन् । उनले हमला रोक्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal