आज :

दोस्रो ठूलो शहर खार्किभसहित दर्जन शहर रुसी सेनाको कब्जामा, राजधानीमा हमला जारी

काठमाडौँ । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभसहित अधिकांश शहर नियन्त्रणमा लिएको छ । पछिल्लो खार्किभ प्रहरी मुख्यालयमा गरेको हमलामा परी २१ जनाको ज्यान गएको बताइएको छ ।

युक्रेनमा रुसी सेनाले कति क्षति पुर्याएको छ भन्ने कुरा स्वातन्त्र रुपमा सार्वजनिक हुन सकेको छैन । पश्चिमा देशका संचारमाध्यमहरुको मात्रै सबै शहरमा पहुँच भएकोले झुट विवरण सार्वजनिक भएको बताइएको छ ।

रुसले संचार यु’द्ध रोक्न चेतावनी दिएको छ । यसले पनि पुष्टि गर्छ, त्यहाँ भएको सत्यथत्य सार्वजनिक भइरहेको छैन । रुसी संचारमाध्यमहरुका अनुसार युक्रेनले आफ्नो सेनाको ड्रेस लगाएर आत्मसमर्पण गरेको, मारिएको भनेर हल्ला मच्चाइएको बताएका छन् । युक्रेनमा सातौं दिनमा पुग्दा रुसले ठूलो क्षति पुर्याएको विवरण सार्वजनिक भएका छन् ।

अहिले मुख्य युद्ध खार्किभमा भइरहेको छ । यो किभ पछिको सबैभन्दा ठूलो शहर हो । दक्षिणी नगर खेअरसनसहित दर्जन शहर पूरै रुसी सेनाको नियन्त्रणमा आइसकेका छन् ।

यसैबीच रुसले युक्रेन सरकारले केही नागरिकलाई हतियार बाडेकाले ठूलो भवनमा हमला गर्नु परेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई थप उत्तेजित बनाउने प्रतिक्रिया दिएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शासक भन्दै उनलाई सजाय पाउनुपर्ने बताए । उनले आफू पूरै युक्रेनको साथमा रहेको बताउँदै १०० करोड डलर सहयोगको घोषणा गरेका छन् । बाइडनको पछिल्लो प्रतिक्रियाले युक्रेनी जनताको थप क्षति पुग्ने बताइएको छ ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आ’क्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन्।

रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो। गभर्नर ओले सिनेगुबोभले शत्रुको पक्षमा ठूलो क्षतिू भएको बताएका छन्।

रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal