आज :

युक्रेनको राजधानी किभमा हमलाः टिभी टावर-सुरक्षा संयन्त्र ध्वस्त, युक्रेनलाई साथ दिन्छौं- बाइडन

काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा हमलालाई तीब्र पारेको छ । युक्रेनले ईयूको सदस्यता दिन आग्रह गरेको केही घण्टाभित्रै रुसले राजधानी किभमा हमला सुरु गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफू एक्लै रुससँग भिड्न नसक्ने भन्दै ईयूको सदस्यता दिन आग्रह गरेका छन् ।

जेलेन्स्कीले युक्रेनलाई नेटो र ईयूमा सहभागी गराउन खोजेकै कारण यु द्धका अवस्था सिर्जना भएको थियो । वार्तामा रुसले ईयू र नेटोमा संलग्न नहुने विश्वास दिलाए हमला रोक्ने बताएको थियो । तर, त्यसको साटो जेलेन्स्कीले मंगलबार ईयूको संसदलाई सम्बोधन गर्दै आफ्नो देशलाई सदस्यता दिन आग्रह गरेका थिए ।

जेलेन्स्की युद्ध रोकेर युक्रेनी जनताको ज्यान जोगाउने भन्दा पनि अमेरिकालगायतका देशहरुसँग मिलेर रुसलाई ठेगान लगाउने मनसायमा पुगेको बताइएको छ । रुसले अहिलेसम्म आफूले सैन्य अप्रशेन मात्रै सुरु गरेको बताउँदै आएको छ । युक्रेनले सर्वसाधारणलाई पनि हतियार वितवरण गरेकाले सामुहिक रुपमा बसका क्षेत्रमा हमला गरेको रुसी सेनाको दाबी छ ।

यसैबीच मंगलबार साँझ रुसी सेनाले युक्रेनको टिभी टावरमा हमला गरेको छ । यसबाट टिभी प्रसारण बन्द भएका छन् । आफूहरु सूचना युद्ध थालेको, गलत सूचना सम्प्रेशरण गरेको भन्दै रुसी सेनाले सूचना प्रणालीमा हमला गरेको बताइएको छ ।

त्यसैगरी राजधानी किभमा रहेको सुरक्षा र प्रविधि प्रणालीमा पनि मंगबार राति हमला भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई साथ दिने बताएका छन् । संसदलाई सम्बोधन गर्दै बाइडनले रुसलाई पराजित गरेरै छोड्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal