आज :

संसारकै ठूलो विमान रुसी सेनाले ध्वस्त बनायो, सोभियत संघको बेला अन्तरिक्षयान बोक्थ्यो

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो विमान रुसी सेनाले ध्वस्त बनाइदिएको छ । युक्रेनको राजधानी किभमा विमानस्थलमा रहेको उक्त विमान ध्वस्त भएको हो ।

बीबीसीका अनुसार विमानस्थलमा रहेका एन्टोनोभ– २२५ विमान रुसी सेनाको हवाई हमला नष्ट भएको हो ।

माइरीया अर्थात सपना नाम दिइएको यो विमान सोभियत संघको बेलामा बुरान अन्तरिक्षयान बोक्न निर्णय गरिएको थियो । सोभियत संघको विघटनसँगै अन्तरिक्ष परियोजना सकियो । सन् २००० यता उक्त विमान मालवाहक बनेको थियो ।

विश्वभर चिनिएको यो विमानले सन् १९८८ डिसेम्बर २१ मा पहिलो उडान भरेको थियो । ८४ मिटर लामा यो विमान इन्धन र भारविनै १७५ टनको थियो । यसको मालवाहक क्षेत्र नै राइट दाजुभाईले पहिलो पटक उडान गरेको कुल लम्बाइभन्दा पनि लामो थियो ।

सन् २०१६ मा यसले चेक गणतन्त्रबाट अस्टे«लियासम्म ११७ टनको जेनेरेटर बोकेर लगेको थियो ।

रुसी सेनाको लामो लस्कर किभ तर्फ अघि बढेको समाचारसँगै विश्वको ठूलो विमान ध्वस्त भएको खबर सार्वजनिक भएको छ । शान्तिवार्ता सफल नभएसँगै रुसले हमला तेज पार्न सक्ने अनुमानबीच पछिल्ला विवरण सार्वजनिक भएका छन् ।

रुसीले सेनाले युक्रेनका मुख्य शहरभित्र आफ्नो उपस्थिति जनाइसकेका छन् भने स्थानीय सरकारका प्रतिनिधिहरुले मिलेर काम गर्ने बताइसकेको रुसी संचारमाध्यमहरुले समाचार सम्प्रेशण गरेका छन् ।

यसैबीच रुसले हलीवुडका चलचित्रको प्रदर्शनमा रोक लगाएको छ । पश्चिमा देशहरुले प्रतिबन्ध लगाएसँगै हलीवुड स्टुडिओजले रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्।

द वार्नर ब्रोज रुसी सिनेमा हलहरूमा प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ। सोनी र डिज्नीले पनि चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका छन्।

रुसले बिनाउक्साहट गरेको अतिक्रमण र त्यसले निम्त्याएको मानवीय सङ्कटका कारण पछिल्लो कदम चाल्न बाध्य भएको जनाएको छ। हलीवुड चलचित्रका लागि रुस एउटा महत्त्वपूर्ण बजार रहिआएको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal