आज :

रुस र युक्रेनबीच वार्ता, अमेरिकाको साथ छोड्नुपर्ने रुसको सर्त

काठमाडौँ । भिषण यु’द्धबीच रुस र युक्रेनबीच बार्ता हुँदैछ । बेलारुसको मध्यस्थतामा सुरु बार्ता हुन लागेको हो । बेलारुसमा हुन लागेको बार्तामा सहभागी हुन दुबै देशका प्रतिनिधिहरु बेलारुस पुगिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बेलारुसको विदेश मन्त्रालयले बार्ता स्थलको फोटो सार्वजनिक गरेको छ । पूर्वनिर्धारित समयभन्दा बार्ता ढिलो भएको बताइएको छ । युक्रेनका राष्ट्रपतिले बार्ता हुन लागेको बताएपनि को सहभागी हुनेछन् भन्ने केही बताएका छैनन् ।

बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको बीबीसीले जनाएको छ । दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो । तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको युक्रेनले जनाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन् । उनले आगामी २४ घण्टा निकै महत्वपूर्ण हुने बताएका छन् ।

रुसी टोलीले युक्रेन नेटोमा सहभागी नहुने प्रतिवद्धता जनाउनु पर्ने र विद्रोहीको नियन्त्रणमा रहेका पूर्वी क्षेत्रका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने सर्त राख्न सक्ने बताइएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पर’माणु हति’यारलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । विश्वको सबैभन्दा बढी पर’माणु हति’यार भएको देश हो रुस । पुटिनको यो निर्देशनसँगै विश्वभर नयाँ हलचल मच्चिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal