आज :

रुसलाई साथः ब्राजिलका राष्ट्रपतिले भने-रुस र ब्राजिल दाईभाई, बेलासुरुले सेना पठाउने

काठमाडौँ । रुस र युक्रेनबीचको यु’द्ध आज पाँचौं दिनमा पनि चलिरिहेको छ । रुसी सेनाले युक्रेनका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ । उता युक्रेनले पनि कम्पतीमा पनि ४ हजार रुसी सेनाको ज्यान गएको बताउँदै आफूले ठूलो सफलता हात पारेको दाबी गरेको छ ।
यी दुबै दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । युक्रेनले आफ्ना सेना र नागरिकलाई उत्साहित बनाउन रुसको ठूलो क्षति पुर्याएको दाबी गरेको हुन सक्ने बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको कुराकानीको क्रममा सो कुरा बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पश्चिमा देशहरुले युक्रेनलाई सहयोग पठाइरहेका छन् । यु’द्ध सामाग्रीसहित सहयोग पठाइरहेका छन् । तर पनि रुसले लगातार हमला गरिरहेको छ । एक हप्ताको योजना बनाएर रुसले ह मला सुरु गरेपनि पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गरेका कारण यु’द्ध केही दिन लम्बिने संकेत देखिएको छ ।

किभमा रहेका बीबीसी संवाददाता जेम्स वोटरहाउसका अनुसार रुसले पाँचौं दिन अधिकांश शहरमा हवाई हमला भइरहेको छ ।

यसैबीच ब्राजिल र बेलारुसले रुसलाई साथ दिएका छन् । बेलारुसले सेना पठाउने निर्णय गरेको छ भने ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले रुस र ब्राजिल दाजुभाई भएको बताएका छन् । उनले युक्रेनी जनताले हास्यकलाकारको हातमा विश्वास दिएकोले अहिलेको परिणाम आएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै बोल्सोनारुले रुसी हमलाको निन्दा नगर्ने समेत बताएका छन् । “जारी द्वन्द्वको विषयमा ब्रजिल तटस्थ रहेको भन्दै उनले ब्राजिल र रुस व्यवहारतः दाजुभाई हुन्” राष्ट्रिपति बोल्सोनारुले भने । उनले आफ्नो देश तटस्थ बस्ने र के सम्भव हुन्छ रुसलाई सहयोग गर्ने बताए । उनले युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रुसी भाषा बोल्ने गरेको समेत बताए ।

यसैबीच रुसी सेनाले युक्रेनको बेर्डियान्स्क नगरमाथि कब्जा जमाएको छ । युक्रेनको दक्षिणमा रहेको तटीय नगर बेर्डियान्स्क अहिले रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका नगरप्रमुखले बताएका छन् ।

स्थानीय समयानुसार आइतवार ३ः५० तिर रुसी सैनिकहरू त्यहाँ प्रवेश गरेका थिए र त्यसको केही समयपछि नगरको केन्द्रमा उनीहरूले यताउता गरिरहेको देखिएको थियो ।

राति ८ बजे रुसी सैनिकहरू उक्त नगरको सभागृहमा प्रवेश गरेका थिए । ब्ल्याक सीको किनारमा रहेको उक्त नगरमा युक्रेनी सेनाको एउटा नौसैनिक अखडा छ । उक्त सैन्य अखडा पनि क्षतविक्षत भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal