आज :

कोरोनाबाट नेपालमा ११ हजार ९ सयकाे मृत्यु, संक्रमितको संख्या ११ लाख ११ हजार २१८

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा ११ हजार ९ सय जनाको मृत्यु भएको छ । सोमबार थप ८ जनाको ज्यान गएसँगै यो संख्या पुगेको हो ।

त्यसैगरी सोमबार थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । जसमा ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार थपिएकासहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ११ हजार २१८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । योसँगै ९ लाख ४० हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा थप २२६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंका १८१, ललितपुरका ३० र भक्तपुरका १५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal