आज :

सभामुखको निर्देशनमा आज बस्ने प्रतिनिधि सभा बैठक स्थगित, धकेलिँदै एमसीसी 

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद सचिवालयले मंगलबार दिउँसो सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको थियो ।

मंगलबार साँझ सभामुख अग्नि सापकोटाको निर्देशनमा संसद सचिवालयले सूचना टाँसेर संसद बैठक स्थगित गरेको हो । अर्को बैठक फागुन २ गते बस्ने सूचनामा उल्लेख छ ।

आजको संसद बैठकमा सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्ने सरकारको तयारी थियो । तर सत्ता गठबन्धनको मुख्य दल नेकपा माओवादी केन्द्रले सहमति नजाएकै कारण संसद बैठक एक हप्ता पर सारिएको बताइएको छ ।

जबरजस्त एमसीसी टेबुल गरे आफू सरकारबाट बाहिरने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेका थिए । आज बैठकमा टेबुल नगरे प्रश्न उठ्ने र गरे गठबन्धनमा संकट आउन सक्ने भएकोले सरकारकै आग्रहमा आजको बैठक सारेको बताइएको छ ।

माओवादी केन्द्रले यही २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उसले एमसीसीबारे धारणा बनाउने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal