आज :

ओलम्पिक २०२२ सुरुः चिनियाँ राष्ट्रपति सीले गरे सम्बोधन, भारत र अमेरिकाले किन गरे बहिस्कार ?

काठमाडौं । आजबाट हिउँदे अलम्पिक खेलकुट सुरु भएको छ । चीनको बेइजिङमा हुन लागेको १३९ औं ओलम्पिकको पूर्ण सम्मेलनलाई राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा सीले हाल मानवजातिसमक्ष महामारीलगायत विभिन्न चुनौती देखा परेको र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक खेलकुदको नेतृत्व गरी विश्वलाई एकताबद्ध गरी कठिनाइँहरू जित्न महत्वपूर्ण  खेलेको बताए । सीले ओलम्पिक कमिटीले लामो समययता कमिटिले चीनको खेलकुद कार्यको विकासलाई सक्रिय योगदान गरेको र चीनको ओलम्पिक खेलकुदको आयोजना गर्न ठूलो समर्थन र निर्देशन गरेकोप्रति आभार ज्ञापन समेत गरे ।

सम्बोधनको क्रममा सीले हिउँदे ओलम्पिक खेलकुदका खेलहरु आज बेलुकाबाट सुरु हुने जानकारी गराउँदै चीनले सकेसम्म विश्वलाई सरल, सुरक्षित र भव्य ओलम्पिक खेलकुद समारोह देखाउने बताए ।

भारत, अमेरिकालगायत केही देशहरुले शीतकालीन ओलम्पिकलाई बहिस्कार गरेका छन् । उनीहरु चीनले ओलम्पिकबाट राजनीति सुरु गरेको बताउँदै आफूहरुले कुटनीतिक बहिष्कार गर्ने रणनीति तय गरेका छन् ।

चीनस्थित भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसको पुष्टि गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको बताए । अमेरिका, भारतसँगै अस्ट्रेलिया, क्यानडाले पनि ओलम्पिक बहिस्कार गर्ने बताएका छन् ।

यसैबीच विभिन्न देशका सरकार र राष्ट्रप्रमुले ओलम्पिक भव्य रुपमा सम्पन्न गर्न चीनलाई शुभकामना दिएका छन् । रुस, पाकिस्तानलगायतका देशहरुले शुभकामना दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बेइजिङ नै पुगेर शुभकामना दिएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य, अन्तर्राष्ट्रिय ओलम्पिक समितिको बेइजिङ शीतकालीन ओलम्पिक समन्वय समितिका अध्यक्ष हुवाँ एन्टोनियो सामाराञ्च जुनियरले ओलम्पिक खेलकूद गाउँ तथा हिउँदे ओलम्पिक खेलमैदान तथा रंगशालाको निरीक्षण गर्दै चीनको सम्बन्धित् तयारी कार्यको उच्च मूल्याङ्कन गरेका थिए ।

जटिल महामारी अवस्थामा चिनियाँहरुले हार्दिक भावना देखाएर विश्वव्यापी हिउँदे खेलकूदको स्वागत गरेको बताउँदै सबै स्वयमसेवकलाई जुनियरले धन्यवाद समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal