आज :

आज सोनाम ल्होसारः तमाङ समुदायको नयाँ वर्ष, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको रुपमा मनाइने सोनाम ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

कोरोना भाइरस संक्रमणका कारण विगतमा जस्तो धुमधाम र भिडभाडजन्य गतिविधि नगरी सिमित प्रक्रिया पूरा गरेर पर्व मनाउन सरकारले आग्रह गरेको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजक पनि भनिन्छ । आज बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्थ्यो । विगतमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो । तर, कोरोना महामारीका कारण यसपाली औपचारिक कार्यक्रम राखिएको छैन ।

यसैबीच, राष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक दलका शीर्ष नेताहरुले सोनाम ल्होसारका अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत दिएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal