आज :

अमेरिकाका कारण युक्रेनमाथि हमला हुन सक्ने रुसको चेतावनी 

काठमाडौं । अमेरिकाले युक्रेनको विषयलाई लिएर विश्वभर भ्रम र प्रचार आ तंक फैलाएको भन्दै कडा चेतावनी दिएको छ । रुसी अधिकारीहरुले युक्रेनमाथि सैन्य हमला गर्ने आफूहरुको कुनै योजना नभएको तर अमेरिकाको व्यवहार जारी रहे सोच्न सकिने बताएका छन् ।

अन्तरर्राष्ट्रिय संचारमाध्यमहरुका युक्रेनको विषमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच भनाभन भएको छ ।

रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको हो ।

बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाएका थिए । उलने अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णयक जवाफ दिने चेतावनी दिए ।

बैठकमा रुसी राजदूत भास्ली नेबेन्ज्याले अमेरिकाले शक्तिको उन्माद देखाउँदै युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको आरोप लगाए । उनले अमेरिकी कदम रुसका लागि अस्वीकार्य रहेको पनि चेतवानी दिए ।

रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिँदै रुसले तालिमको लागि आफ्नो क्षेत्रमा सेना परिचालन गर्दा अमेरिका र युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको रुसी राजदूत नेबेन्ज्याले बताए ।

बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले हिजो फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच युक्रेनमा जारी तनावबारे टेलिफोन कुराकानी भएको छ । बीबीसीका अनुसार आज अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी समकक्षी सर्गेइ लाभरोभबीच कुराकानी हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal