आज :

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुईवटा क्रुज मिसाइल प्रहार, जनवरीमा ६ वटा मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार मंगलबार विहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा मिसाइल प्रहार गरिएको हो ।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको हो । क्रुज मिसाइ लहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन नगरेको समाचारमा उल्लेख गरिएको छ ।

नयाँ वर्षसँगै यही जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित ६ मिसाइल उत्तर कोरियाले परीक्षणहरू गरिसकेको समाचारमा उल्लेख गरिएको छ ।

कडा नाकाबन्दीबीच उत्तर कोरियाले आत्मारक्षाको लागि भन्दै आणविक हतियारदेखि हावाको गतिभन्दा दश गुणाबढी चल्ने हाइपरसोनिक श्रेप्यास्त्रको सफल परीक्षण गरिरहेको छ । यसले के देखाउछ भने सम्भावित युद्धको लागि उत्तर कोरिया तयार छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal