आज :

उत्तर कोरियाले भन्यो- नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफल, १ हजार किलोमिटरसम्म मार हान्छ

काठमाडौं । उत्तर कोरियाले एक हजार किलोमिटरसम्म मार हान्न सक्ने अहिलेसम्मकै नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको गरेको छ ।  सर्वोच्च नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ ।

सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक भएको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले म‌ंगलबार उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको बताएको थियो । तर, यसबारे उत्तर कोरियाले औपचारिक रुपमा जानकारी दिएको थिएन ।

नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको उत्तर कोरियाले जनाएको छ । नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बताएका थिए ।

त्यसपछि दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो । अमेरिका, बेलायत, जापान, फ्रान्सलगायत देशले त्यसको निन्दा गरेका थिए ।

हाइपरसोनिक अस्त्रको गति ध्वनिकोभन्दा पाँच गुणा बढी अर्थात् प्रतिघण्टा ६ हजार २०० किलोमिटर हुन सक्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् । भारतले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म सफल परीक्षण गर्न सकेको छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal