आज :

माओवादी महाधिवेशनः आज नयाँ नेतृत्व चयन, सहमति नजुटे निर्वाचन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयन गर्ने कार्यसूची रहेको छ । शुक्रबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

नेता देव गुरुङले पेस गरेको विधान मस्यौदा पारित गरेपछि आज नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र विहान ११ बजे पुनः सुरु हुनेछ । समूहगत छलफलमा विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि पारित गर्न हलसमक्ष आग्रह गरिनेछ ।

विधान पारित भएपछि सोही व्यवस्था अनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । आज हलबाट केन्द्रीय समिति चयन मात्रै गर्ने र केन्द्रीय समिति बैठकले पदाधिकारी छान्नेछ ।

हलबाट पार्टीको तर्फबाट २९९ जना केन्द्रीय सदस्यको नाम पेश गरिनेछ । यसमा सहमति नभए चुनावी प्रक्रिया सुरु हुनेछ । सहमति नभए विधान पारित भएपछि चुनावी प्रक्रिया सुरु हुने निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal