आज :

राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन जारी छ । नयाँ नेतृत्व चयन र आगामी कार्यक्रम पास गर्न आयोजना गरिएको एकताको महाधिशनमा नयाँ नेतृत्व चयनको लागि उम्मेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपाको नयाँ महामन्त्रीको लागि अभिनेत्री रेखा थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । रेखाले अध्यक्षको उम्मेदवार राजेन्द्र लिङ्देनको प्यालनबाट उम्मेदवारी दिएकी हुन् । रेखासँगै सो प्यालनबाट डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिनाले पनि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् । थापा प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्कीले उम्मेदवार दिएका छन् । त्यस्तै थापा प्यानलबाटै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

विक्रम पाण्डे लिङ्देनतिर लागेपनि थापाले पनि आफ्नो प्यानलमा राखेका छन् । भोलि शनिबार मतदान हुँदैछ ।

देशभरबाट आएका प्रतिनिधिहरुले रेखा थापाको पक्षमा नाराबाजी गरिरहेका छन् । राप्रपामा युवा पुस्ताको इन्ट्री हुनुपर्ने प्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal