आज :

नेपाली काँग्रेस अछाम क्षेत्र नं.२ प्रदेशसभा (क) को सभापतिमा खनाल दोब्बर मतले बिजयी 

अछाम । नेपाली काँग्रेस अछाम क्षेत्र नं. २ प्रदेश सभा (क) को सभापतिमा तारा प्रसाद खनाल विजयी भएका छन् । प्रदेशसभा (क) को अधिवेशनमा भएको निर्वाचनमा खनालले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले पराजित गरेका छन् ।

सम्मन्न मत गणनाअनुसार खनालको प्यानल विजयी भएको छ। खनालले २४४ मत ल्याउँदा निकटम प्रतिद्वन्दी कर्ण बहादुर बुढाले १२४ मत पाएका छन् ।

उपसभापतिमा खडक बहादुर बिष्ट र कर्ण बयक विजयी भएका छन् । विष्टले २३७ र बयकले २३७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जगत कुटमाल १२६ र मीन बहादुर रावलले ९३ मत प्राप्त गरेका छन् ।

सभापतिपछि महत्वपूर्ण मानिने सचिवमा पनि खनाल प्यानलका दिपक न्यौपानेले २२४ र केशवराज तिमिल्सिनाले २४२ मत ल्याएर बिजयी भएका छन् । त्यसैगरी बुढा प्यानलबाट सचिव पदका उम्मेदवार बम बहादुर बिष्टले ९७ र नवराज देवकोटाले १३४ मत मात्रै पाएका छन् ।

त्यस्तै सहसचिवमा चार जना उम्मेदवारमध्ये प्रेम बहादुर शाहीले सबैभन्दा बढी २४६ मत ल्याएर विजयी भएका छन् । सहसचिवकै उम्मेदवार  कृष्णभक्त जैसीले ७९, जीवन बुढाले ११५ र प्रकाश बिकले २३५ मत प्राप्त गरेका छन् । प्रदेश अधिवेशन सदस्य र प्रदेश सदस्य पनि अधिकांश खनाल प्यानलकै विजयी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal