आज :

चीनले अमेरिकालाई पछार्‍यो, बन्यो संसारकै एक नम्बर धनी देश 

काठमाडौं । चीनले अमेरिकालाई पछारेको छ । पछिल्लो दशक तीब्र गतिमा आर्थिक विकास गरिरहेको छिमेकी चीनले पहिलो पटक महाशक्ति राष्ट्र अमेरिकालाई पछारेको छ ।

चीन अब विश्वको एक नम्बर धनी देश बनेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।

उक्त रिपोर्टलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको समाचारमा उल्लेख गरेका छन् । विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो ।

कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।

रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको रिपोर्टमा उल्लेख छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।

पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ ।

सम्पत्तिको मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।

यसअघि अमेरिका विश्वको एक नम्बर धनी देश थियो । यी दुई देशबीच तीब्र प्रतिस्पर्धा थियो, चीनले अमेरिकालाई पछि पारको छ ।

रिपोर्टअनुसार यी दुवै मुलुकको दुई-तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको ब्लुमबर्गले म्याकिन्से एण्ड कम्पनीको रिपोर्ट उदृत गर्दै लेखेको छ ।

वर्तमान राष्ट्रपति सी चिनफिङ नेतृत्वमा आएदेखि चीन हरेको क्षेत्रमा शसक्त बन्दै गएको छ । सीले चिनियाँ कम्युनिस्ट पार्टी र सत्तामा व्यापक सुधार गरेका छन् । सुधारको बाटोतिर लम्की रहेको पार्टी र सत्तालाई सामाजवादी बाटोमा फर्काउने प्रयास सीले गरिरहेका छन् ।

चीनले आर्थिक क्षेत्रमा जस्तै सैन्य र प्रविधिको क्षेत्रमा पनि फड्को मारेको छ । मंगलग्रहबाट चट्टान ल्याउनेदेखि अन्तरिक्ष केन्द्र निर्माणमा पनि चीनले ठूलो क्रान्ति गरेको छ । चीनले पहिलो पटक सबैभन्दा लामो समयसम्म अन्तरिक्षय केन्द्रमा सफलता पूर्वक मानव पठाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal