आज :

दिल्लीमा कोरोनाभन्दा वायु प्रदूषण डरलाग्दो, एक हप्ता लकडाउन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण घटेको छैन । तिहारको दिपावलीसँगै बढेको वायु प्रदूषणको अवस्था आपतकालिन तह नाघेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण परिषद् (सीपीसीबी) का अनुसार वायु प्रदूषण अत्यन्तै खराब अवस्थामा पुगेको भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ। दिल्लीको एयर क्वालिटी इन्डेक्स ४७१ मा पुगेपछि सीपीसीबीले चेतावनी दिँदै सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको भनिसकेको छ ।

दिल्लीमा वायु प्रदूषण थप खराब हुनुमा दिपावलीका पटकासँगै उद्योग कलकारखाना र फार्महरूमा बालिएको आगो पनि प्रमुख जिम्मेवारमध्ये एक रहेको सीपीसीबीले बताएको  छ। प्रदूषण झन् खराब हुँदै गएपछि १८ नोभेम्बरसम्म आपतकालिन व्यवस्थापनका लागि तयार रहन अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

यसैबीच वायु प्रदूषण झनझन बढेपछि दिल्लीमा लकडाउन जारी गरिएको छ । विद्यालय बन्द गरिएका छन् । अत्यवश्यकबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार दिल्लीमा कोरोनाभन्दा वायु प्रदूषणको आ.तंक बढी छ ।

दीपावलीपछि दिल्लीमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको हो। यद्यपि दीपावलीअघि पनि प्रदूषण खराब अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको थियो। हाल सुस्त हावाको वहाव भएकाले दिल्लीको प्रदूषण ढिला गरी सफा हुन अझै केही लाग्ने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal