आज :

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा भित्र, धर्ना बसेका कानुन व्यवसायी हेरेको हेर्‍यै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै कानून व्यवसायीहरुले गेटमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश जबरा १० बजेर ४४ मिनेटमा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । यसअघि कानुन व्यवसायीहरुले एक नम्बर गेटमा पनि धर्ना बसेर जबरालाई प्रवेश गर्न नदिने बताएका थिए । तर, प्रहरीले एक नम्बर गेटमा धर्ना बस्न रोक लगाएपछि कानून व्यवसायीहरु मुल गेटमा धर्ना बसेका छन् ।

आज कुनै पनि हालतमा सर्वोच्च अदालत प्रवेश गर्न नदिने घोषणा गरेका कानुन व्यवसायीहरु जबरा आफ्नो कार्यकक्षमा पुगेपछि हेरेको हेर्‍यै भएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरबाटो हुँदै सर्वोच्च छिरेका थिए ।

चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal