काठमाडौँ । क्यारबियन टापु राष्ट्र बारबाडोसमा गणतन्त्र स्थापना भएको छ । बारबाडोसमा बेलायती राजसंस्थाले शासन गर्दै आएको थियो । बेलायतमा स्वतन्त्र भएपनि यो देशमा बेलायतकी महारानी एलिजावेथ राष्ट्रप्रमुख थिइन् ।
बारबाडोमा यो व्यवस्था अन्त गर्दै गणतन्त्र स्थापना गरिएको छ । गणतन्त्र स्थापना भएसँगै जनताकी छोरी सान्ड्रा मासन नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । उनले दुवै संसदबाट दुई तिहाई मत पाएकी थिइन् ।
बेलायतको पूर्व उपनिवेश राष्ट्र बारबाडोस सन् १९६६ मा स्वतन्त्र भएको थियो । तीन लाख जनसंख्या भएको बारबाडोसमा बेलायती राजसंस्थालाई मानिन्थ्यो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ७२ वर्षीया राष्ट्रपति मासनले ३० नोभेम्बरमा सपथ लिने तय भएको छ ।